arrow

धोबिखोला करिडोरमा दुई अर्ब खर्च

logo
प्रकाशित २०७४ पुष २७ बिहिबार
dhobikhola.jpg

काठमाडौं । सरकारले धोबिखोला करिडोर सुधार आयोजनाका लागि हालसम्म दुई अर्ब १७ करोड १४ लाख रुपैयाँ खर्च गरेको छ। 

काठमाडौंको सवारी आवागमन सहज बनाउने उद्देश्यले धोबिखोला करिडोर निर्माण सुरु गरिएको हो। सरकारले आर्थिक वर्ष २०६७–६८ बाट बागमती दोभानदेखि कपन राम मन्दिरसम्मको २४ किमि दूरीलाई धोबिखोला करिडोरका नाममा सुधार सुरु गरेको हो।

सहरी विकास मन्त्रालय अन्तर्गतको यो आयोजनाले काठमाडौंका सवारी चापलाई ४० प्रतिशत कम गर्न सक्ने अनुमानका आधारमा आयोजनामा बर्सेनि रकम खर्चँदै आएको धोबिखोला करिडोर सुधार आयोजनाका इन्जिनियर सज्जनकुमार कुँवरले जानकारी दिए। यो आयोजना वातावरणीय सुधार, खोला सफाइ, सडक छेउका स्थानीयको सुविधासहितको उद्देश्यले सुरु गरिएको हो।

आयोजनालाई जापान सहयोग नियोग ९जाइका०ले सन् १९९३ मा गरेको एक अध्ययनअनुसार नै बढ्दो सहरीे चापलाई घटाउने उद्देश्यसहितको प्रतिवेदन दिएको थियो। सोही प्रवितेदनअनुसार सरकारले २०५९ देखि नै यो आयोजना सञ्चालन सुरु गरेको भए पनि वार्षिक बजेट विनियोजनको काम भने २०६७ बाट मात्रै भएको छ।

आयोजना निर्माण गर्न हालसम्म दुई अर्ब १७ करोड रुपैयाँ भएको छ। सरकारले २०६७–६८ देखि वार्षिक बजेट विनियोजन र खर्चका आधारमा यो रकम सकिएको उल्लेख छ। यो करिडोर निर्माणमा सरकारले आव २०६७–६८ देखि २०७२–७३ सम्ममा एक अर्ब ३६ करोड ६३ लाख ७४ हजार रुपैयाँ खर्च गरेको उल्लेख छ। अब २०७३–७४ मा ३५ करोड ४४ लाख ३६ हजार खर्चिएको छ भने चालू आव २०७४–७५ का लागि ४५ करोड ६ लाख रुपैयाँ विनियोजन गरेको छ।

यो आयोजना पूरा गर्न तीन अर्ब २८ करोड २० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

चालू आवमा विनियोजन भएको यो रकम २३ करोड खर्च भैसकेकाले यो वर्ष थप काम गर्न थप बजेट माग भैसकेको आयोजनाले जानकारी दिएको छ। आयोजनाले यो रकमसहित करिब सवा दुई अर्ब खर्चिसकेको छ। यसै आवका लागि आयोजनाले २० करोड रुपैयाँको थप बजेट माग गरिसकेको छ। यो आयोजना पूरा गर्न तीन अर्ब २८ करोड २० लाख ४ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

चालू आवसम्ममा २४ किमिको सडकमा टेवा पर्खाल लगाउन साढे दुई किमि मात्रै बाँकी छ। ट्र्याक खोल्नुपर्ने सडकको दूरी जम्मा चार किलोमिटर छ। यो सडकको हालसम्म दायाँबायाँ गरी २० किमिसम्मको ट्र्याक खोलिसकिएको छ। यो सडक आयोजनामा जम्मा ३ दशमलव २ किमि मात्रै कालोपत्रे भएको छ। यो सडकमा फूटपाथसहित नौ मिटर चौडाइ हुनेछ। सडकको साढे सात किमि कालोपत्रे गरेर दुई लेनमा सवारी सञ्चालन गर्ने गरी काम अगाडि बढिरहेको छ।

आयोजनाले काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकाको मध्य सहरी भागको उत्तरत्दक्षिण खण्डलाई लिंक रोडले जोड्नेछ। नदीका दुवै किनारमा सडक निर्माण हुने भएकाले भित्री सहरको यातायात व्यवस्थापनमा यो सडको प्रयोग हुनेछ। नदीको अतिक्रमण रोक्न र नदी नियन्त्रणमा सहयोग पुग्ने, खोला प्रदूषित हुनबाट जोगाउन सकिने, नदीको दुवैतर्फ व्यवस्थित आवासीय तथा व्यापारिक क्षेत्र विकास हुनेसहितका उद्देश्य राखिएको आयोजनाको भनाइ छ।  

धोबिखोला करिडोमा खर्चिएको रकम
आव रकम (रुमा)

२०६८–६९ सम्म २२ करोड ३७ लाख

०६९–७० २७ करोड ९९ लाख

०७०–७१ २० करोड १२ लाख

०७१–७२ ३७ करोड ३९ लाख

०७२–७३ २८ करोड ७५ लाख

०७३–७४ ३५ करोड ४४ लाख

०७४–७५ ४५ करोड ५० लाख

कुल खर्च २ अर्ब १७ करोड १४ लाख

स्रोतः सहरी विकास मन्त्रालय (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ