arrow

के भन्छन् केपी ओली राष्ट्रिय एकता दिवसबारे ?

logo
प्रकाशित २०७४ पुष २७ बिहिबार
kp-sharma-oli--udayepur-news.jpeg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता दिवसको अवसर पारेर शुभकामना व्यक्त गरेका छन् । 

पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर ट्विटरमा विज्ञप्ति जारी गर्दै उनले ‘विभिन्न टुक्रामा विभाजित यस भुगोललाई एकिकरण गरेर नेपालको स्वरुपमा बदल्ने योगदान तत्कालिन राजा पृथ्वीनारायण शाहको नेतृत्वमा हाम्रा पिता पुर्खाहरुले गरेका हुन्’ भनेका छन् । 

उनले ‘नेपाललाई स्वाभिमान देशको रुपमा देख्न नचाहने अथवा नेपालीलाई समृद्ध देख्न नचाहनेहरुका इशारामा अझै पनि देशभित्रकै केही तत्वहरु बेलाबेलामा सक्रिय हुने गरेका छन्, तर यस्ता तत्वहरुलाई परास्त गरेर देश निर्माणको महाअभियानमा हामी सबै एकाकार भएर लाग्न पनि सबैलाई अनुरोध गर्दछु’ भनेका छन् । 

०६३ देखि पृथ्वी जयन्ती र एकता दिवस मनाउन छोडिएकामा अहिले सरकारले सार्वजनिक बिदा दिएरै मनाउन लागेको हो ।  यो समयको अवधिमा ओलीले पनि सत्ता सम्हालिसकेका छन् । 

अब पनि उनले बाम गठबन्धनलाई सरकार चलाउने जनमत प्राप्त भएको बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ