arrow

राष्ट्रिय अखण्डता र सामाजिक सद्भाव मक्किदै गयो –पूर्वराजा ज्ञानेन्द्र शाह

logo
प्रकाशित २०७४ पुष २७ बिहिबार
Gyanendra-shaha.jpg.jpeg

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ नेपालको सपना देखाउँदै गरिएके राजनीतिक परिवर्तनपछि देशको सार्वभौमिक स्वतन्त्रता, राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा क्षेत्रीय अखण्डता मक्किदै गएको बताएका छन् । 

पृथ्वी जयन्तीको अवसरमा जारी गरेको शुभकामना सन्देशमा उनले आफैभित्र एउटा नेपालीले अर्को नेपालीलाई वैरभावमा देख्ने परिस्थिति बनेको वर्तमानमा हिमाल, पहाड र तराईमा बसोबास गर्ने हामी नेपालीलाई भौगोलिक एवं सामाजिक एकताको कडीमा राख्नुपर्ने आजको यथार्थलाई सबैले सगौरव आत्मसात गनुैपर्ने पनि बताएका छन् । 

बुधबार जारी गरेको सन्देशमा उनले पुरानो नेपालको जगेर्ना हुनुपर्ने जिकिरसमेत गरेका छन् ।

उनले दलहरूलाई लक्षित गर्दै ‘निर्दयी कदम चाल्नेहरू’को आरोप लगाएका छन् ।

उनले ‘नेपाली जनतामा निहित देशप्रतिको ममता भावले राष्ट्रिय जागरण पैदा गर्ने आशाको दियो जगाएको छ । तर नेपालप्रति सम्मान भाव नराखी यसको एकता र सद्भाव विथोल्न भएका अनेकौं प्रयास अझै जारी रहेको छ ।’ भनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ