arrow

पूर्वराजा ज्ञानेन्द्र र एमाले अध्यक्ष ओलीको एउटै लाइन ? 

logo
प्रकाशित २०७४ पुष २७ बिहिबार
gyanendra-oli.jpg

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको एउटै लाइन भएको खुलेको छ। दुवैबीच कुनै न कुनै बिन्दूमा गएर समान धारणा भएको दुवैले जारी गरेका विज्ञप्तिबाट स्पष्ट भएको हो। २९६ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर जारी गरिएका विज्ञप्तिमा उनीहरु एउटै लाइनमा रहेको पाइन्छ। पूर्वराजाले बुधबार साँझ ६ बजेतिर र ओलीले बिहिबार बिहान ७ बजेतिर सार्वजनिक गरेको विज्ञप्तिमा समानता छन्।

पूर्वराजाले नयाँ नेपालको नाममा दलहरुले मुलुकलाई ध्वस्त पारेको बताएका छन् । उनले ‘आफैभित्र एउटा नेपालीले अर्को नेपालीलाई वैरभावमा देख्ने परिस्थिति बनेको वर्तमानमा हिमाल, पहाड र तराईमा बसोबास गर्ने हामी नेपालीलाई भौगोलिक एवं सामाजिक एकताको कडीमा राख्नुपर्ने आजको यथार्थलाई सबैले सगौरव आत्मसात गर्नुपर्ने’ बताएका छन् । 

ओलीले उनले ‘नेपाललाई स्वाभिमान देशको रुपमा देख्न नचाहने अथवा नेपालीलाई समृद्ध देख्न नचाहनेहरुका इशारामा अझै पनि देशभित्रकै केही तत्वहरु बेलाबेलामा सक्रिय हुने गरेका छन्, तर यस्ता तत्वहरुलाई परास्त गरेर देश निर्माणको महाअभियानमा हामी सबै एकाकार भएर लाग्न पनि सबैलाई अनुरोध गर्दछु’ भनेका छन् । 

पूर्वराजाले ‘निर्दयी कदम चाल्नेहरुलाई, जनतामा आएको सचेतनाले, नेपालको अस्तित्व नै खतरामा पर्ने त्रास उत्पन्न भइरहेको वर्तमानमा, सम्भालिएर अघि बढ्नु पर्ने वाध्यतामा पु¥याइदिएको छ’ भनेका छन् । 

ओलीले भने ‘यस्ता तत्वहरुलाई परास्त गरेर देश निर्माणको महाअभियानमा एकाकार भएर लाग्न आग्रह’ गर्दै ‘नेपाली जनताले स्थिरता र विकासका लागि बाम गठबन्धनलाई करिब दुई तिहाइ मत दिएका छन्’ भनेका छन् । 

दुवैको विज्ञप्तिमा ‘म’ सर्वोपरी देखिन्छ । ‘म’ राम्रो म देखिन्छ । म बाहेक अरु सबै राष्ट्रघाती हुन् भन्ने संकेत पाइन्छ । 

राष्ट्रिय एकता दिवसमा सबै मिलेर अगाडि बढौं भन्ने भावना दुवै विज्ञप्तिमा पाइँदैन । आफूले खोजेको बाटोमा अरु पनि हिंडुन् भन्ने मानसिकता हावी भएको पाइन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ