arrow

रोनाल्डो र बेल बिनाको रियाल मड्रिड, धन्य हारेन !

logo
प्रकाशित २०७४ पुष २७ बिहिबार
real-numencia.jpg

काठमाडौं । स्पेनिस क्लव रियाल मड्रिड कप्तान क्रिष्टियानो रोनाल्डोको भरमै टिकेको छ । रोनाल्डो नखेलेको खेलमा रियाल हार्न पनि सक्छ । 

रोनाल्डो र ग्यारेथ बेल पनि नभए त खेलमा कुनै भरथेग नहुन पनि सक्छ । मार्सेलो तथा करिम बेन्जिमा पनि नहुँदा बुधबार रातिको परिणाम हुन्छ । 

स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा रियाल मड्रिड नुमान्सियासंग बराबरीमा रोकियो । 

खेल २–२ को बरारबरीमा सकिएको हो । तर पहिलो लेगको खेलमा ३–० को जितको आधारमा रियाल एग्रिगेटमा ५–२ को जितसहित क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको छ ।

 बुधबार राति घरेलु मैदानमा भएको खेलमा सुरुमा अग्रता लिएर पनि रियाल १० खेलाडीमा सीमित नुमान्सियासँग बराबरीमा रोकिएको हो । 

रियालका लागि लुकास भाज्वेजले ११ औं र ५९ औं तथा नुमान्सियाका लागि गुलेर्मोले ४५ औ र ८२ औं मिनेटमा गोल गरेका थिए । 

इन्जुरी समयको दोस्रो मिनेटमा काल्भो सान्रोम्यान दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । 

राति नै भएका अरु खेलमा फोर्मेन्तेरालाई २–० ले हराएको एलाभेस एग्रिगेटमा ५–१ का साथ क्वार्टरफाइनल पुग्यो । 

त्यस्तै भिल्लारियलसँग २–१ ले पराजित भएर एग्रिगेटमा २–२ को बराबरी भए पनि अवे गोलका आधारमा लेगानेस क्वार्टरफाइनलमा पुग्यो । पहिलो लेगमा लेगानेस १–० ले विजयी भएको थियो । 

Real Madrid embarrassingly failed to beat Numancia at home after Guillermo equalised

Numancia's Guillermo scored his second to cancel out Lucas Vazquez's brace

The Real Madrid forward Lucas (left) scored a brace as Zinedine Zidane's side draw 2-2

Vasquez (second left) scored the opening goal after heading home Dani Carvajal's cross

The 26-year-old broke the deadlock early on to give his side a 4-0 lead on aggregate

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ