arrow

काठमाडौंसहित अन्य भेकको पारो बढो, तर जाडो घटेन, कहाँ कति ?

logo
प्रकाशित २०७४ पुष २७ बिहिबार
temperature.jpeg

काठमाडौं । काठमाडौं उपत्यकाको न्युनतम तापक्रममा सुधार आएको छ । गत आइतबारदेखि मंगलबारसम्म तीन दिन जिरो डिग्रीमा रहेको तापक्रम बुधबार ०.६ डिग्री रहेकामा बिहिबार थप सुधार हुँदै १.८ डिग्री सेल्सियस कायम भएको छ । 

बिस्तारै पारो बढे पनि जाडो भने घटेको छैन । काठमाडौं बाहिरको तापक्रममा पनि सुधार आएको छ । 

बिहिबार बिहान दिपायलमा १, डडेलधुरामा ९.९, धनगढीमा ७, विरेन्द्रनगरमा १.८, नेपालगञ्जमा ७, जुम्लामा माइनस ४.६, दाङमा ३.४, पोखरामा ५.३, भैरहवामा ६.१, सिमरामा ८, ओखलढुंगामा ४.६, ताप्लेजुङमा ३, धनकुटामा ५.९ र विराटनगरमा ८.७ डिग्री मापन गरिएको थियो । 

तराई भेकमा अझै पनि बाक्लो हुस्सु रहेको छ । तराईमा ज्यान गुमाउनेको सख्ंया पनि बढेको छ । 

चिसोले २ नम्बर प्रदेश बढी प्रभावित भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ