arrow

स्वास्थ्य ठीक भए ओली किन गए बैंकक ? यो छ खास कारण 

logo
प्रकाशित २०७४ पुष २७ बिहिबार
kp-oli-new.jpg.jpeg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपचारका लागि बुधबार बैंकक गएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक गएका उनी त्यता उड्नुअघि त्रिभुवन विमानस्थलमा उनले पत्रकारहरुसंग खास स्वास्थ्य समस्या केही नभएको बताएका थिए । 

त्यसो भए ओली किन बैंकक गए त ? हुन त उनी मृगौला फेरेका बिरामी हुन् । त्यसैले पनि समय समयमा स्वास्थ्य परीक्षण गराएको राम्रो । तर उनले समयभन्दा अगावै परीक्षण गराउँदै गएका छन् । यसअघि पनि पूर्वराजा ज्ञानेन्द्र शाह बैंकक गएका बेलामा समयभन्दा अगावै परीक्षण गराएका थिए । 

स्रोतका अनुसार यसपटकको बैंकक यात्रा स्वास्थ्य परीक्षण भन्दा पनि सत्ता परीक्षण विशेष प्राथमिकतामा रहेको छ । उच्च स्रोतका अनुसार भोलि आफूले सत्ता संचालन गर्दा कुनै असहज नहोस् भन्नका लागि विभिन्न अन्तर्राष्ट्रिय शक्तिहरुसंग भेट गर्दैछन् । 

स्रोत भन्छ, ‘ओली कमरेडले एजेन्ट पनि खटाउनु भएको थियो, तर शक्तिहरुले उहाँसंग नै वार्ता गर्न चाहेकाले अहिले जानु परेको हो ।’ 

नेपालमा सत्ता चलाउन जनताको मत हैन विदेशी शक्तिको भर पर्नुपर्छ । सम्भवतः बहुमत प्राप्त कम्युनिष्ट गठबन्धनलाई अझै पनि जनमतको विश्वास छैन । 

त्यसकै कारण पनि मनमा त्रास र बाहिर आश बढी छ । होइन भने ओली चुनावी  कम्युनिष्ट गठबन्धनबाट बहुमत प्राप्त नेता हुन् । 

माओवादी केन्द्रले चुनावमा साथ दियो भने सत्तामा बाहिर बस्ने प्रसंग नै आउँदैन । अझ त्यो जनमत कम्युनिष्ट एकताको हो । पार्टी एकताको हो । 

अहिले पाएको जनमत यसअघि कुनै पनि कम्युनिष्टले पहिले पाएका थिएनन् । र, पनि अझै विश्वास छैन । 

स्रोत अझ खुलेर भन्छ, ‘जनमत पनि हो, त्यतिले पाँच वर्ष टिक्न सकिन्न, सानो बार्गेनिङ नमिलेरै मात्र यसरी बैंकक जानुपरेको हो, त्यो मिल्छ, अर्को हप्ता कमरेड फर्किनुहुन्छ ।’ 

ओली सकुशल फर्किनुपर्छ र पाँच वर्ष कम्युनिष्ट सरकारले सत्ता चलाउनु पर्छ । तर जुन जगमा मैदानमा ओली र माओवादी अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड उत्रिएका छन् त्यसले भने यिनीहरुबीच पार्टी एकता भए पनि पाँच वर्षसम्म आपसमा समझदारी गर्ने धैर्य हुने छैन । 

नेपालमा कम्युनिष्ट जत्ति कुनै पनि पार्टी फुटेनन् । जे जति फुटे सबै पदकै लागि फुटे । 

स्रोतका अनुसार पार्टी एकताका बारेमा समेत पनि केही ‘मिसअन्डरस्ट्याण्डिङ’ भएकाले त्यो समेत समाधान गर्न ओली बैंकक गएका हुन् । 

ओलीले केही दिनअघि पार्टी एकतापछिमात्र बैंकक जाने भन्ने भ्रामक सूचना फैलाइएको थियो । यसबाट कुनै तरंग आउँछ कि भन्ने अनुमान गरिएको थियो । 

आपसमा पटक पटक दुस्मनी मोलिरहेका दुई अध्यक्षहरु एउटै घरमा बस्न खोजिरहेका छन् । मुटु कमजोर पारिरहेका छन् । त्यसैले पटक पटक बाह्य शक्तिले एकता हुन दिइरहेको छैन भनिरहेका छन् । 

यो मामलामा दुवै अस्वस्थ्य छन् । र पनि ओली आफू स्वस्थ्य भएको बताइरहेका छन् । ओली ठीक भएको भए किन गए बैंकक ? 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ