arrow

सशस्त्रको लेखाशाखामा आगो लगाएकै पुष्टि, शाखाका सबै निलम्बनमा 

logo
प्रकाशित २०७४ पुष २७ बिहिबार
Armed_Police_Force_Logo.jpg.jpeg

काठमाडौं । गृहमन्त्रालयद्वारा सशस्त्र प्रहरीको मुख्यालय स्थित लेखा शाखामा भएको आगलागीको घटना नियोजित रहेको निष्कर्ष निकालेको छ ।

गृह मन्त्रालयले बुधबार जारी गरेको सूचनामा ५ सदस्यीय छानविन समितिले नियोजित रुपमा लेखा शाखामा आगलागी गराएको पुष्टि भएको भन्दै शाखामा रहेका सबैलाई निलम्बन गर्न लेखी पठाएको छ । 

सो घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको महत्वपूर्ण कागजातहरु समेत नष्ट भएको हुनसक्ने देखेर सो सम्बन्धमा आयोगलार्इ समेत लेखि पठाइसकेको बताएका छन् । 

गृहद्वारा जारी विज्ञप्तीमा यस सम्बन्धमा थप छानविन गर्न आवश्यक देखिएकोले सो विषयमा केन्द्रीय अनुसन्धान विभागको सहयोगको लागि नेपाल प्रहरीका महानिरीक्षकको कार्यालयमा समेत लेखि पठाइसकेको जनाइएको छ । 

Image may contain: text

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ