arrow

जाजरकोटको भाइरस बुद्ध एयर चढेर राजधानी पस्याे : असर गर्ला कि नगर्ला ?

logo
प्रकाशित २०७४ पुष २७ बिहिबार
jajarkot_news.JPG

काठमाडौं । जाजरकोटमा महामारीकै रुपमा देखिएकोे भाइरलबारे अनुसन्धान गर्न नमूना संकलन गरेर काठमाडौँ ल्याइएको छ । जाजरकोट जुनीचाँदे गाउँपालिका १, २ र ३ मा फैलिएको भाइरलबारे अनुसन्धान गर्न, ५ वटा नमुना, विमानमै राखेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको हो ।

जाजरकोट जुनीचाँदेमा संकलन गरेको नमूना, करीब ६ घण्टापछि मंगलबार साँझ सदरमुकाम खलंगा पुर्‍याइएको थियो । खलंगाबाट गाडीमा नेपालगंज ल्याइएको ५ वटा नमूना बुद्ध एयरबाट विहिबार बिहान राजधानी ल्याइएको हो । बुद्ध एयरमा काठमाडौं ल्याइएको नमूनाको, विहिबार मध्यान्हदेखि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच पड्ताल शुरु भएको छ ।  

परीक्षणको ७२ घण्टापछि नतिजा आउनेछ । पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगीमाथि कडा रुपमा देखिएको भाइरल ज्वरोबाट अहिलेसम्म जाजरकोटमा १३ जनाको ज्यान गइसकेको छ । बिरामीहरुमा रुघाखोकी, ज्वरो, टाउको दुख्ने, पखाला लाग्ने जस्ता लक्षण देखिएको छ ।

जाजरकोटमा भकाभक मान्छे मार्दैै गरेको भाइरसको नमूना काठमाडौं ल्याउँदा अरुलाई सर्ने वा फैलने डर हुन्छ कि हुँदैन ? परिक्षण गर्ने व्यक्ति आफैं कत्तिको सुरक्षित हुन्छ ?
परीक्षण गर्ने व्यक्ति कुनै पनि रोगको सबैभन्दा बढी जोखिममा हुन्छन् , प्रयोगशालामा परीक्षण गर्ने क्रममा उसलाई रोगका भाइरसले असर गर्ने सम्भावना अत्यधिक हुन्छ । तर रोगले छुन नदिनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कात्तिक मंसिरमै परिक्षण गर्ने ल्याब टेक्निशियनहरुलाई फ्लुविरुद्ध का खोपहरु दिने गर्छ, जसका कारण उनीहरु जोखिमबाट बच्न सक्छन् ।

प्रयोगशालामा जाँच पड्तालमा सहयोग गर्नेहरुलाई  इन्फलुएन्जा एच.वान. एन.वान, एच थ्री र बी का बिरुद्धमा खोप दिइने भएकाले यसको जोखिम कम हुने डा गीता शाक्य बताउँछिन् । कुनै पनि स्थानमा रोग प्रकोपको रुपमा देखिएमा त्यसको नमुना विश्व स्वास्थ्य संगठनमा पठाउने गरिएको छ । वर्षमा २ पटक प्रकोप देखिएको स्थानको नमुना बिश्व स्वास्थ्य संगठनमा पठाउने गरिएको छ । नमुनामा फेला परेका भाइरसबाटै विश्व स्वास्थ्य संगठनले, त्यसविरुद्धको खोप तयार गरेर पठाउने गरेको छ ।

नमूना परीक्षण कसरी हुन्छ ?
प्रभावित बिरामीको थ्रोट स्वाब (घाँटीभित्रको पछाडी पट्टीको भागमा कटनले पुछेर लिने) को नमूना लिएर त्यसको जाँच गरिंदैछ । यो जाँच रेपिड टेष्ट मार्फत गरिन्छ । यो रेपिड टेष्ट गर्दा पोजेटिभ र नेगेटिभ के हो भनेर परिक्षण  गरिन्छ ।

यदि पोजेटिभ आएमा कुन प्रकारको इन्फलुएन्जा हो भनेर फेरि जाँच गरिन्छ । थुप्रै प्रकारका इन्फलुएन्जा मध्ये इन्फलुएन्जा बी, इन्फलुएन्जा एच.वान.एन.वान पीडीएमओ ९ हो होइन भन्ने बिशेष ख्याल गरिने राष्टिय जनस्वास्थ्य प्रयोगशालाका पुर्व निर्देशक डा गीता शाक्य बताउछिन । यदी नेगेटिभ नै रिपोर्ट आएपनि त्यसको पनि फेरी जाँच हुन्छ । अति नै सिकिस्त बिरामीका लागि यो एक दिनमै रिपोर्ट तयार गर्ने व्यवस्था मिलाइएको हुन्छ भने अन्यको हकमा २ देखि ३ दिनभित्र रिपोर्ट दिने व्यवस्था मिलाइएको हुुन्छ । अब रिपोर्ट आए पछि जुनीचाँदेबासीलाई के रोग लागेको भन्ने बल्ल टुुंगो लाग्ने छ ।

के छ जुनीचाँदेको अवस्था ?
भाइरल प्रभावित जुनीचाँदेमा ६ वटा स्वास्थ्य टोलीले उपचार गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख राम बहादुर नेपालीले जानकारी दिएका छन् । जिल्ला स्वास्थ्य प्रमुख नेपालीले, झन्डै तीन साता अघिदेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरोको प्रकोप अहिले विस्तारै नियन्त्रणमा आएको दाबी गरेका छन् । तर स्थानीय पत्रकाहरुले भने, जुनी चाँदेका ७ वटा बडा मध्ये १, २ र ३ मा मात्रै फैलिएको भारइल अहिले अरु वडामा समेत फैलन थालेको बताएका छन् ।

पुस दोश्रो साताबाट देखिएको भाइरलबाट थलिएका १२ सय विरामीको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ । कार्यालयको तथ्यांक अनुसार अहिलेसम्म ५ वर्षमुनीका ७ बालबालिका र ५० वर्षमाथिका ६ जनाको भाइरलका कारण ज्यान गइसेकेको छ । विशेष गरी बालबालिका, ६० वर्ष नाघेका ज्येष्ठ नागरिक, रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरु, दिर्घरोगी र गर्भवति महिलाहरु सबभन्दा बढी भाइरल इन्फलुएन्जाको जोखिममा पर्ने गर्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ