arrow

माओवादीका विना विभागीय मन्त्रीहरु देउवा सरकार छाड्दै

logo
प्रकाशित २०७४ पुष २७ बिहिबार
maobadi-baithak-3.jpeg

काठमाडौ । प्रदेश र प्रतिनिधिसभा चुनावका समयमा एमालेसँग मिलेर गठबन्धन बनाएपछि शेरबहादुर देउवाले विना विभागीय बनाएका माओवादीका मन्त्रीहरु बाहिरिने भएका छन् ।

शुक्रबारसम्म ती मन्त्रीहरु बाहिरिने बताइएको छ । निर्वाचन सुनिश्चित गर्न भन्दै माओवादी सरकारमै थियो । यद्यपि, चुनावको बेला माओवादीले आफै फिर्ता नबोलाएपछि देउवाले विना विभागीय बनाएका थिए  ।

विनाविभागीयमा उप्रधानसहितका मन्त्रीहरु छन् । कृष्ण महरा उपप्रधान तथा परराष्ट्रमन्त्री थिए । वामगठबन्धन बनेपछि उनको हैसियत पनि विना विभागीय रहयो ।

निर्वाचनअघि राजीनामा दिने तयारी गरे पनि माओवादीले सरकार छाड्दा चुनाव नहुने भन्दै नबाहिरिने भनेको थियो ।   प्रदेशसभा बैठकमा सहभागि हुनुपर्ने अवस्थामा पुगेपछि माओवादीले सरकार छाड्न लागेको हो,- विना विभागीय मन्त्री महेन्द्र बहादुर शाहीले भने ।

उनका अनुसार प्रदेश सभा बैठक पनि छिट्टै हुन लागेकोले कतिपय  मन्त्री भएकाहरु  सांसद चुनिएकाले राजीनामा दिन लागेको बताए ।

उनले भने, ‘मन्त्री गिरिराजमणी पोखरेलले प्रधानमन्त्रीलाई भेटेर माओवादीले सरकार छाडेको पत्र बुझाउनु हुन्छ र माओवादीका सम्पूर्ण मन्त्रीले सरकार छोड्छन् ।’ पार्टीले औपचारिक निर्णय गरिनसकेको उनले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ