arrow

भारतले भन्यो – नेपालको चाहनाअनुसार सन्धि परिमार्जन हुन्छ 

logo
प्रकाशित २०७४ पुष २८ शुक्रबार
epg-meeting.jpg

नयाँ दिल्ली । नेपाल भारत प्रबुद्ध समूहको संयुक्त बैठक भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको छ। दिल्लीको इन्स्टिच्युट फर डिफेन्स एण्ड एनालाइसिस (आइडीएसए) भवनमा बिहीबार बिहान ११ बजेदेखि बैठक सुरु भएको हो।

नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपिजीको यो पहिलो बैठक हो। बैठकको पहिलो दिन पाँचौ बैठकसम्म छलफल भएका विषयहरूको समीक्षा र दोश्रो दिन छलफल गरिने एजेण्डा तय छ।

नेपालमा पछिल्लो परिवर्तित राजनीतिक घटनाक्रम तथा चीनको बढ्दो प्रभावले झस्किएको भारतले प्रबुद्ध समूहका माध्यमबाट नेपालसँगको सम्बन्धलाई सुधारोन्मुख बनाउने रणनीति बनाएको बुझिएको छ। उच्च स्रोतका अनुसार इपीजी समूहलाई सकेजति लचक भएर अगाडि बढन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्देशन दिएका छन्।

नेपालको तर्फबाट उठाएका १९५० को सन्धि लगायत अन्य मुद्दामा सकेजति लचक भएर सम्बोधन गर्न मोदीले  इपीजीलाई निर्देशन दिएको उच्च स्रोतले जनाएको छ। मोदीले ुविन ओभर नेपालु ९नेपालको मन जित० भन्ने निर्देशन दिएको स्रोतले जनाएको छ।

यसैबीच समूहका भारतीय पक्षका संयोजक भगतसिंह कोशियारीले अन्नपूर्णसँग कुरा गर्दै नेपालसँगको सम्बन्धमा भएको असमझदारी ९मिसअण्डरस्ट्यान्डिङ०  हटाउन १९५० को सन्धि लगायतका विषयमा नेपालले चाहे अनुसार परिमार्जन गर्न सकिने संकेत गरे।

प्रबुद्ध समूहको सम्मानमा दिल्लीमा बुधबार साँझ आयोजना गरिएको रात्रीभोज कार्यक्रममा कुरा गर्दै उनले भने, ‘नेपालको मुख्य चासो १९५० को सन्धिमा देखिएको हुँदा त्यसलाई सहज बनाउने विषयमा हामी सकारात्मक भएर छलफल गरिरहेका छौं।’

यस अघिका बैठकहरूमा भारतीय पक्षले नेपालले उठान गरेको सन्धि परिमार्जनको विषयमा नेपाल तर्फको प्रष्ट धारणा नै नआएको भनाई राख्दै आएको थियो।

नेपालको तयारी बारेको जिज्ञासामा नेपाली पक्षका संयोजक भारतका लागि नेपालका पूर्व राजदूत डा भेषबहादुर थापाले नेपालको बृहत्तर हितलाई ध्यानमा राखेर दुई मुलुकबीचको सम्बन्धलाई मजबुत बनाउने गरी छलफल अघि बढाउन समूह तयार रहेको बताए। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रबुद्ध समूहलाई बैठकमा सहभागी हुन आउनु अघि सोही अनुरुप निर्देशन दिएका थिए।

बैठकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धिको विषयमा आएका राय र चासो लगायत सीमा, डुबान, व्यापार सम्झौतालगायत विषयमा थप छलफल हुने बुझिएको छ। 

दोश्रो दिन भारतका तर्फबाट प्राध्यापक महेन्द्र पी। लामाले नेपालमा भारतीय सहायताका बारेमा प्रस्तुति दिन लागेको लामाले जानकारी गराए।

आगामी असार मसान्तसम्म समूहले दुबै सरकारलाई संयुक्त प्रतिवेदन बुझाउने छन्। यसबीचमा आवश्यकता अनुसार थप जति पनि बैठक बस्न सकिने समूहका सदस्य पूर्वमन्त्री निलाम्बर आचार्यले बताए। उनले भने, ‘आठवटा बैठक पछि प्रतिवेदन बुझाउने भन्ने कुरा बाहिर आएको छ तर यथार्थमा त्यस्तो होइन, जुलाइसम्ममा आवश्यक परेमा जति पनि बैठक बस्न सकिन्छ।’

बैठकमा भारतका तर्फबाट समूहका संयोजक भगतसिंह कोशियारी तथा सदस्यहरू प्राध्यापकद्वय महेन्द्र पी।लामा तथा बीसी उप्रेती, नेपालका लागि पूर्व भारतीय राजदूत जयन्तप्रसाद समेत सहभागी छन्। 

नेपालका तर्फबाट संयोजक भारतका लागि पूर्व राजदूत डा भेषबहादुर थापा तथा सदस्यहरू पूर्वमन्त्री निलाम्बर आचार्य, अख्तियारका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय र एमाले नेता राजन भट्टराई सहभागी भएका छन्। (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ