arrow

राजश्व अनुसन्धान विभाग : प्रहरीको आवरणमा वार्गेनिङको अड्डा

logo
प्रकाशित २०७४ पुष २८ शुक्रबार
DRI.jpg

काठमाडौं । बाहिरबाट हेर्दा सशस्त्र प्रहरीको पहरा, झट्ट हेर्दा भित्र सबै कानूनी काम भईरहेको जस्तो । ललितपुर स्थित राजश्व अनुसन्धान विभागको कार्यकक्ष बाहिर जाँदा यस्तै भान हुन्थ्यो । प्रहरीले कहाँबाट, कसलाई र किन भित्र जानलागेको भन्ने सबै केरकार नगिरी भित्र जाँनै नदिने । अझ भित्र गएपछिको त झनै सिस्टमै भिन्दै । 

सरकारले भन्सार छलेर ल्याएका र न्यून विजकीकरणमा भन्सारमा कम मूल्यांकन गरेर सामान ल्याउनेलाई समेत कारबाही गर्न खोलेको यो अड्डा अहिले वार्गेनिङको स्रोत बनेको छ । अहिले शक्ति केन्द्रमा पैसाको खोलो बगाएर यो अड्डामा आउने कर्मचारीहरुले यस अड्डामा आएपछि कस्तो काम गर्लान् । 

अहिले दैनिक दुईतिन वटा जतिमात्रै मालबाहक गाडीहरु विभागले पक्राउ गरेर ल्याउने गरेको छ । के दैनिक यही दुई तीन वटा मात्रै गाडीले राजश्व छलि गरेर सामान ल्याएका हुन्छन् त ? सोही अड्डाका एक जना अधिकारी भन्छन् यहाँ ल्याउने सबै गाडीहरु त वार्गेनिङ नमिलेपछि समातिने मात्रै हुन् । पहिलो चरणमा भन्सार आसपारमै बसेका विभागको टोलीले वार्गेनिङ गर्छन् । त्यसपछि कुरा नमिलेको खण्डमा मात्रै उनीहरु सामान जफत गरेर ल्याउने हुन् । 

गत मंगलबार एक साईकल व्यवसायीको सामान विभागले पक्रिएर ल्याएको थियो । उसले राजश्व छलेर सामान ल्याएको आरोपमा विभागले अनुसन्धान पनि गरिरहेको होला यस विषयमा अनुसन्धानमा रहेको विषय भनेर विभागले केही बोल्न मानेन । यद्यपि अनुसन्धान सकिएको विषयमा पनि विभाग केही पनि बोल्ने गरेको छैन । तर, यस भित्रको धन्दाको विषयमा भने त्यही भित्रका कर्मचारीबाहेक अरुलाई केही जानकारी हुने गरेको छैन । 

कसरी हुन्छ ठगि ? 

विभाग भित्र ७ वटा अनुसन्धान शाखाहरु छन् । ती शाखामा जो विभागको महानिर्देशक बनेर आएका हुन्छन् तिनैका एक एक जना सहयोगीहरु पनि राखिएको हुन्छ । ती सहयोगीहरुकै आडमा उठेको पैसा महानिर्देशकसम्म पुग्ने गरेको छ । यसरी अनुसन्धान शाखाले आज कहाँ छापा मार्ने भनेर तय गरिसकेपछि त्यहीँ रहेको सशस्त्र प्रहरीको टोलीलाई लिएर त्यहाँ जान्छन् । फाईलको छापा मार्ने हो भने सबै वार्गेनिङ कार्यालयमा आएपछि नै हुन्छ । तर, गाडी नै उठाएर ल्याउँदा भने उनीहरु पहिले त्यहीँ वार्गेनिङ गर्ने र कुरा नमिलेको खण्डमा मात्रै गाडी उठाएर ल्याउने बताउँछन् । 

मंगलबार पक्राउमा परेका ती साईकल व्यवसायीले आफूले पनि भन्सारमा कम पैसा तिरेको भन्ने कुरा भने अप्रत्यक्ष रुपमा स्वीकार गरे । कम मूल्यांकन गरेर धेरै सामान ल्याएको मूल्यांकन गरेका उनले विभागका कर्मचारीहरुले आफूसँग ९० लाखको वार्गेनिङ गरेको आरोप लगाए । त्यति दिन नसक्ने बताएपछि आफ्नो गाडी जफत गरेको उनको आरोप छ । यसरी भन्सार छलि नगर्नेहरु त विभागसँग डराउनुपर्ने कुनै कारण नै छैन । तर भन्सारमा कम मूल्य तोकेर बढी सामान ल्याएकाहरु भने विभागका कर्मचारीहरुबाट नै पीडित बन्ने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ