नेविसंघले शुक्रबार महानगर घेर्ने, विद्यासुन्दरलाई एक मुठी धुलो उपहार

प्रकाशित मिति : २०७४ पौष २८ शुक्रबार , ३,४५० पटक हेरिएको

काठमाडौं । नेपाल विद्यार्थी संघले शुक्रबार काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गर्ने भएको छ । स्वच्छ काठमाडौंको लागि भन्दै नेविसंघको पौडेल पक्षीय टोलीले शुक्रबार १२ बजे बागदरबार स्थित काठमाडौं महानगरपालिकाको कार्यालय घेर्ने कार्यक्रम रहेको नेविसंघले जनाएको छ । 

विद्यार्थी नेता मोती भण्डारीको संयोजकत्वमा टोली महानगरपालिका घेर्न जाने तयारीमा छन् । महानगरपालिकाको मेयर बनेर आएको ९ महिनासम्म पनि काठमाडौंको धुलो हटाउनुको साँटो काठमाडौं झनै भद्रगोल बनाउन लागेकोले विरोध स्वरुप मेयरलाई एक मुठ्ठी धुलो उपहार दिन लागिएको भण्डारीले जानकारी दिए । 

सम्बन्धित समाचार

नयाँ