arrow

जहाँ स्कुल यस्ताे छ, ३६ वर्षदेखि ५ पास गर्ने कोही भएनन्

logo
प्रकाशित २०७२ माघ १४ बिहिबार
कान्तिपुर.jpg.jpeg
काठमाडौं । साढे तीन दशकअघि खुलेको विद्यालयमा पढेका एक जनाले पनि पाँच कक्षा उत्तीर्ण गरेका छैनन्। हुम्लाको लिमी गाविसको यथार्थ हो यो। 
 
हिमपातले आवागमन रोकिँदा झन्डै ६ महिना लिमीका तीनवटा बस्तीको सदरमुकामसँग सम्पर्क टुट्छ। जिल्लाको उत्तरी भेगमा चीनको तिब्बत सीमावर्ती इलाकाका ती बस्तीमा न नियमित पढाई हुन्छ, न अनुगमन नै। अधिकांश विद्यार्थीले पाँच कक्षा पढिनसकी विद्यालय छाड्छन्। विद्यालय खुलेको ३६ पवर्ष पुगिसकेको छ।
 
कान्तिपुर दैनिकमा समाचार छ-गाउँका पाँच कक्षा उत्तीर्ण गरेका कोही नभएको गाविसका पूर्वअध्यक्ष छेवाङदोर्जे लामाले बताए।  लिमीमा तिल, हल्जी र जाङ गरी तीन गाउँ छन्। ती बस्तीका लागि आर्थिक वर्ष ०३५÷३६ मा तीनवटा प्राथमिक विद्यालय स्थापना भएका थिए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ