arrow

अफगानिस्तानमा सन् २०१७ मा २० जना सञ्चारकर्मी मारिए

logo
प्रकाशित २०७४ पुष २८ शुक्रबार
afganisthan.jpg.jpeg

काबुल । अफगानिस्तानमा सन् २०१७ मा कम्तीमा पनि २० जना सञ्चारकर्मी मारिएका समाचारमा जनाइएको छ । ‘अफगान जर्नालिस्ट सेफ्टी कमिटी (एजेएससी) र इन्डिपेन्डेन्ट् मिडिया सेफ्टी गु्रप प्रोटेक्टिङ्ग द रिपोर्टरस् राइट्स्’ ले शुक्रबार सो विषयमा जानकारी दिएका छन् ।

गत बर्ष अर्थात सन् २०१७ मा अफगानिस्तानमा पत्रकारहरुमाथि माथि भीषण आक्रमण भएको पनि सो समाचारमा जनाइएको छ ।

पत्रकार हत्यामा विशेषगरी अफगानिस्तानमा हिंसा जारी राखेका तालिबानहरुकै बढी हात रहेको पनि समाचारमा जनाइएको छ ।

सन् २०१७ मा २०१६ को तुलनामा सञ्चारकर्मीमाथिको आक्रमण ६७ प्रतिशतले बढेको एजेएससीले आफ्नो वेबसाइटमा राखेको विज्ञप्तिमा जनाकारी दिइएको छ ।

एजेएससीका अनुसार सन् २०१७ मा अफगानिस्तानका पत्रकारहरुमाथि हत्या, हिंसा कुटपिट, ज्यान मार्नेे धम्की र चेतावनी जस्ता १६९ वटा घटना पनि दर्ता भएका थिए ।

एजेएससीद्वारा जारी विज्ञप्तिकाअनुसार सन् २०१७ मा तालिबान र इस्लामिस्ट स्टेट्स (आइएस) आतङ्ककारी समूहले गरेको आक्रमणमा परी २० सञ्चारकर्मीको मृत्यु भएको छ ।

अफगानिस्तानमा यस प्रकार भएका पत्रकारमाथिका हत्या हिंसाका घटनाप्रति अमेरिकाले ठूलो चिन्ता व्यक्त गरेको छ ।

अफगानिस्तानको पत्रकारिताको इतिहासमा सन् २०१७ इतिहासकै सबैभन्दा खतरनाक वर्षका रुपमा रहेको पनि पाइएको समाचारमा जनाइएको छ ।

एजेएससीका प्रमुख नाजिब सरिफले भन्नुभएको छ– अफगानिस्तानमा पत्रकारहरुमाथि बढ्दै गएको यो हत्या हिंसाका कारण यहाँको प्रेस स्वतन्त्रता एवम् पत्रकारहरुको सुरक्षामाथि नै ठूलो प्रश्न उठेको बताए ।

युद्धले आक्रान्त बनाएको अफगानिस्तानमा सन् १०१६ मा भएका विभिन्न आक्रमणहरुमा १३ जना सञ्चारकर्मी मारिएका थिए । त्यसको तुलनामा गत वर्ष पत्रकारहरुमाथि ठूलो हिंसा भएको हो ।

यस वर्ष अफगानिस्तानमा प्रेस स्वतन्त्रताको हनन्का पनि कैयौँ घटनाहरु भएको पाइएकोले आगामी दिनमा पत्रकारिता पेशा र पेशाकर्मीहरुको सुरक्षाका लागि धेरै काम गर्नुपर्ने देखिएको अधिकारकर्मीहरुको भनाई छ । सिन्व्हा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ