arrow

महिन्द्रा गाडी विक्री गर्दा उपभोक्ता माथि ठगी

logo
प्रकाशित २०७४ पुष २८ शुक्रबार
Mahindra-Bolero-Right-Rear-Three-Quarter-80019.jpg

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समिति सभापति समेत रहेका अग्नी इन्कर्पाेरेटले महिन्द्र गाडी विक्रीको क्रममा उपभोक्तालाई ठगि गरेको भेटिएको छ । उपभोक्तालाई अनेक बाहानामा बढी शुल्क लिएको भेटिएपछि आपूर्ति मन्त्रालय अन्तर्गत्को आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित सम्बन्ध विभागले महानगरीय प्रहरी परिसर टेकुलाई पत्र लेख्दै कारबाहीको सिफारिस गरेपछि यसको छलि पुष्टि भएको हो । 

नेपालमा विक्री हुने सवारीमा व्यापक ठगि हुने गरेको भन्ने गुनासोको आधारमा विभागले कम्पनीमा छापा मारको थियो । छापा मार्ने क्रममा विभिन्न शीर्षकमा अतिरिक्त शुल्क लिएको भेटेको थियो । गत पुष १८ गते प्रहरीलाई लेखेको पत्रानुसार विभागले गत मंसिर २८ गते पानीपोखरी स्थित कम्पनीको कार्यालयमा छापा मारको थियो । सो क्रममा क्लियरिङ फर्वाडिङ शुल्क बापत १८ हजार, ट्रान्जिट ईन्स्योरेन्स शुल्क र डाईरेक्ट लेबर बापत ८५ सय रुपैयाँ लिएकोलाई विभागले अस्वभाविक मानेको छ । 

विभागले यस बाहेकपनि बैंक व्याज र कमिसन बापत ४९ हजार ५ सय ५५ रुपैयाँ लिएर उपभोक्ता ठगि गरेको विभागले जनाएको छ । मार्केटिङ र म्यानेजम्यान्ट बापतको ७९ हजार रुपैयाँलाई पनि अस्वभाविक रहेको भन्दै विभागले प्रहरीलाई मुद्दा चलाउनको लागि पत्र लेखेको हो । विभागका निर्देशक लक्ष्मण श्रेष्ठले उपभोक्ता हितको विषयमा त्यो कम्पनीले अस्वभाविक शुल्क लिएको भेटिएकोले आफूले ठगि मुद्दामा कारबाही गर्नको लागि प्रहरीलाई पत्र लेखेको जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ