arrow

काँग्रेस नेता चीनकाजी श्रेष्ठलाई मातृशोक

logo
प्रकाशित २०७४ पुष २८ शुक्रबार
chinkaji.jpg

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा निवर्तमान मुख्य सचेतक चीनकाजी श्रेष्ठकी आमा दालचिनीको शुक्रवार ८५ वर्षका उमेरमा ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मष्तिकाघातबाट निधन भएको छ ।
 
शनिबार बिहान उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उनको निधनप्रति दुःख व्यक्त गर्दै उनको आत्माको चीरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ