arrow

दुर्गमका नौ विद्यालयका एक हजार विद्यार्थीलाई न्यानो कपडा वितरण

logo
जीवन शर्मा,
प्रकाशित २०७४ पुष २८ शुक्रबार
okhaldhunga.png

ओखलढुंगा । ओखलढुगांको दुर्गम गाउँ सिद्धिचरण नगरपालिका ६ र ७ का ९ बिद्यालयका बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको  छ । सिद्धीचरण नगरपालिका वडा नम्बर ६ जन्तरखानी, मोलुङ ८ रागादीप र वडा नम्बर ७ विगुटारमा रहेको ९ विद्यालयका एक हजार विद्यार्थी लाई न्यानो कपडा वितरण गरिएको हो ।
 
विगुटारको शेर्पा सामुदायिक आधारभूत विद्यालय, विगुटार मावि विगुटार, नव ज्योति मावि मैदाने जन्तरखानी, रागादिप मावि रागादिप, संयुक्त आधारभूत विद्यालय घुन्सा, रत्न आधारभूत विद्यालय टक्सार, पुष्पलाल आधारभूत विद्यालय धनेपु  र जन आर्दश आधारभूत विद्यालय सर्सेपुका छात्रछात्राहरु लाई न्यानो कपडा वितरण गरिएको शेर्पा सामुदायिक आधारभूत विद्यालयका प्रधानाध्यापक मैयादेवी दाहालले जानकारी दिइन ।

 क्यारी सिमो, इभी म्युनिक, जर्मनी नामक संस्थाको सहयोगमा बालबालिकाहरु लाई ज्याकेट, ट्राउजर, टोपी लगायतका न्यानो कपडा बितरण गरिएको संस्थाका प्रतिनिधि एवं विराज समाजका कार्यक्रम संयोजक गोपी कृष्ण दाहालले बताए । विराज समाजले विगत वर्षहरुमा झै यस वर्ष पनि ओखलढुंगा जिल्लाको विराज क्षेत्रका विद्यालयमा अध्यारत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको उनको भनाइ छ  

विराज समाजको आयोजनामा क्यारिसिमो इ.भी. म्युनिख जर्मनीको सहयोगमा न्यानो कपडा वितरण, विराज जेष्ठ नागरिक सम्मान एवं विराज शिक्षा पुरस्कार समेत प्रदान गरिएको बताइएको छ ।  साविकका गाविसहरु बिगुटार, राँगादीप र जन्तराखनीको नाम समावेश गरी गठन भएको बिराज समाजले बिभिन्न दातृ निकाय, संघ संस्थासँग समन्वय गरेर बिद्यार्थीहरुलाई सहयोग गर्दै आएको छ ।

 बिराज समाजद्धारा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि पूर्व सांसद रामहरी खतिवडा, अतिथीहरु नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि डिल्ली खनाल ओखलढुगांका बिराज समाजका सचिब राजेन्द्र दाहाल कोषाध्यक्ष नरेन्द्र कट्वाल लगायत समाजका सदस्यहरुको सहभागिता रहेको थियो । न्यानो कपडा वितरण, विराज जेष्ठ नागरिक सम्मान एवं विराज शिक्षा पुरस्कार वितरण कार्यक्रम गत पौष २३ देखि २७  गते सम्म गरिएको अयोजकले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ