arrow

माओवादी मन्त्रीको राजीनामा कि आरोप र मागपत्र ?

logo
प्रकाशित २०७४ पुष २८ शुक्रबार
deuba-cabinet-safat.jpg

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आफुहरुलाई ८७ दिनसम्म जिम्मेवार बिहीन बनाएको रिस फेर्दै माओवादी केन्द्र मन्त्रीहरुले शुक्रवार  सरकार छाडेका छन् । पार्टी अध्यक्ष प्रचण्डले लेखिदिएको राजीनामा पत्र बुझाउँदै उनीहरुले, चुनावी परिणाम आएको लामो समयसम्म पनि सरकार छाड्ने छाँट नदेखाएको आरोप लगाए ।

 सरकार छाडेको जानकारी दिइएको पत्रमा प्रधानमन्त्रीलाई असजिलो पर्ला भनेर मात्रै विना विभागीय बनाए पनि, सरकारमा बसिरहेको जिकिर गरिएको छ । असोज १७ मा एमालेसँग मिलेर चुनावमा जाने निर्णय गरे पनि, तपाईलाई असजिलो नपरोस् भनेर सरकारमा बसिरह्यौं, तर आजसम्म पनि नयाँ सरकार गठनको दिशामा ठोस कदम नचालिएको, बरु ढिला सुस्ती भइरहेको, राजश्वको दुरुपयोग गरेको सहित काम चलाउ सरकारले गर्न नमिल्ने अतिरिक्त निर्णय पनि भइरहेको लगातका आरोपको वर्षा गरिएको छ ।

अब भने सरकारमा रहिरहनु औचित्यपूर्ण नदेखिएको भन्दै माओवादी मन्त्रीहरुले सरकारमा नरहेको जानकारी गराएका छन् । सरकार छाड्दै गर्दा माओवादी मन्त्रीहरुले, नयाँ जनादेश अनुसार सत्ता हस्तान्तरणमा सहजीकारण गर्न प्रधानमन्त्रीसँग माग पनि गरेका छन् । वर्तमान सरकारमा माओवादी केन्द्रबाट ९ जना मन्त्री र ७ जना राज्यमन्त्री थिए । उनीहरुको राजीनामासँगै वर्तमान मन्त्रीपरिषद सदस्य संख्या ४६ मा झरेको छ । मन्त्रीमण्डमा एकजना प्रधानमन्त्री र ३ जना उपप्रधामन्त्री सहित २४ जना मन्त्री र २२ जना राज्यमन्त्री छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ