arrow

कुहिरे भीरबाट ढुंगा खस्दा सिद्धार्थ राजमार्ग अबरुद्ध

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ पुष २९ शनिबार
butwal_(2).jpg

बुटवल ।  बुटवल- पाल्पा सडकखण्ड अबरुद्ध भएको छ । पाल्पा र बुटवलको सिमानामा पर्ने तल्लो सिद्धबाबा नजिकै माथि पहरोबाट खसेको ठूलो ढुंगाले सडक अबरुद्ध पारेको हो ।

कुहिरे भीरमा अड्किएको ढुंगो खस्दा सडक पूर्ण रुपमा ठप्प बनेको दोभान प्रहरी चौकी पाल्पाले जनाएको छ । अहिले सवारी र यात्रुहरुको आवाज जावत पनि ठप्प छ । सडकमा दुबैततर्फ सवारी साधनको लामो लाईन बनेको छ ।

अहिले सडक खुलाउने प्रयास भैरहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । ढुंगा खसेपनि मानवीय क्षति भने भएको छैन ।

सडक खाली भएको अबस्थामा ढुंगा खसकाले ठूलो क्षति हुन नपाएको हो । सडक निकै सांघुरो भएकाले खसेको ढुंगा नपन्छाएसम्म सडकमा कुनै साधन संचालन गर्न नसकिने अबस्था छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ