arrow

राष्ट्रिय सभा चुनावका लागि सातै प्रदेशमा निर्वाचन कार्यालय स्थापना, कुन प्रदेशको कहाँ ?

logo
प्रकाशित २०७४ पुष २९ शनिबार
Election_commition.jpeg

काठमाडौं ।  निर्वाचन आयोगले राष्ट्रियसभा चुनावका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय खोलेको छ । पुर्वनिर्धारित निर्वाचन कार्यतालिका अनुसार आयोगले शनिबार सात वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय खोलेको हो ।  

निर्वाचन अधिकृतको कार्यालयहरु उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा स्थापना गरिएको आयोगका प्रवक्ता एवं सह–सचिव नवराज ढकालले जानकारी दिए ।

उनका अनुसार प्रदेश नम्बर १ को मोरङमा, २ को धनुषामा, प्रदेश ३ को ललितपुरमा, प्रदेश ४ को कास्की, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को डोटी जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय राखिएको छ ।

आयोगले न्याय परिषद्को सचिवालयबाट प्राप्त नामावली अनुसार सात जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । सरकारले माघ २४ गतेलाई निर्वाचनको मिति घेषणा गरेपछि आयोगले केही दिन पहिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो भने, शुक्रबारसम्म दल दर्ताको समय तोकेको थियो ।

शुक्रबारसम्म राष्ट्रिय सभा निर्वाचनका लागि २१ दल दर्ता हुन आएका छन् । जसमा प्रतिनिधिसभामा कुनै पनि सिट प्राप्त नगरेका दलहरु पनि दर्ता हुन आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ