arrow

दुर्गा तिवारी हत्यारालाई प्रहरीले कतारबाट कान समातेर ल्यायो नेपाल

logo
प्रकाशित २०७४ पुष २९ शनिबार
arest-new-a.jpeg

काठमाडौं । रुपन्देही युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न तुलबहादुर सिंजाली पक्राउ परेका छन् । सिंजाली कतारबाट पक्राउ परेका हुन् ।

पोहोर साल पुस ४ गते तिवारीको हत्या भएको थियो । उनको हत्यामा मनोज पुन समूहको हात रहेको बताइँदे छ । घटनामा संलग्न सिंजाली फरार थिए ।

मनोज पुन समुहले वुटवल आसपासका क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न हत्या लगायतका अवैध र आपराधिक क्रियाकलाप गर्दै आएको छ।

प्रहरीलाई समेत चुनौती दिदै आएको सो समुहमा रहेका सिंजाली कतारमा रहँदै आएको सूचनाका आधारमा प्रहरीले उनलाई खोजी रहेको थियो। 

सिंजाली त्यहाँ रहेको पक्का सूचनाका आधारमा प्रहरीले सिंजालीलाई कतारबाट ' कान समातेर ' नेपाल ल्याउन सफल भएको हो। नेपाल प्रहरीको इन्टरपोल शाखा र इन्टरपोल कतारको समन्वयका आधारमा सिंजाली पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।

सिंजालीलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बुटवल पठाइने प्रहरी मुख्यालयबाट प्रहरी प्रवक्ता मनोज न्यौपानेले जानकारी दिएका छन् ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनका हत्यामा संलग्न रहेका समिरमान सिंह बस्नेतलाई केहि समयअघी पक्राउ गरेको प्रहरीले सिंजालीलाई समात्नुलाई आफ्नो उपलव्धी ठानेको छ। चाँडै पुनसम्म पनि पुग्ने प्रहरीले दावी गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ