arrow

सहीद घोषणा स्वागतयोग्य — कांग्रेस वरिष्ठ नेता पौडेल

logo
प्रकाशित २०७४ पुष २९ शनिबार
ramchandra-daju-news-aa.jpeg

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले धनकुटाको खोकु  छिन्ताङमा मारिएकाहरुलाई सहीद घोषणा र क्षतिपुर्ति दिने गरी सरकारले गरेको  निर्णय स्वागतयोग्य र सकारात्मक कदम भएको बताएका छन् । 

उनले शुक्रबार एक विज्ञप्ति जारी गरी पञ्चायत होस् वा सबै खाले अधिनायकवाद विरुद्ध र लोकतन्त्रको पक्षमा पटकपटक संघर्ष गर्दा ज्यान गुमाएकाहरुलाई सहीद घोषणा गर्नुपर्ने र सम्पति खोसीएकाको उचित प्रबन्ध सहित क्षतिपुर्ति दिनुपर्ने माग गरेका छन् ।

मन्त्रिपरिषदको शुक्रबार बसको बैठकले धनकुटाको खोकु छिन्ताङमा २०३६ सालमा मारिएका १६ जनालाई सहीद घोषणा गरी उनीहरुका परिवारलाई दश दश लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ