arrow

रियाल मड्रिडको अधोगतिः न चले रोनाल्डो न चल्यो जिदान नीति

logo
प्रकाशित २०७४ पुष ३० आइतबार
ronaldo10.jpg

काठमाडौं। स्पेनिस फुटबल क्लव रियाल मड्रिड यो सिजन खराव प्रदर्शनबाट गुज्रिएको छ। ला लिगाको उपाधि होडबाट निकै पछाडि रहेको रियालले घरेलु मैदानमा समेत हार बेहोर्न थालेको छ। रियाल मड्रिड घरेलु मैदानमा शनिबार राति भएको खेलमा भिल्लारियलसंग १–० ले पराजित भयो। पाब्लो फोर्नल्सले ८७ औं मिनेटमा गोल गर्दै भिल्लारियललाई विजयी गराए। क्रिष्टियानो रोनाल्डो गोल गर्न नपाएर छट्पटिएका छन्। 

यो हारले फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानको तनावको पारो बढेको छ। लिगका अन्य खेलमा गिरोनाले लास पल्मासलाई ६–० ले हरायो। माइकल ओलुंगाले ह्याट्रिक गरे। एथलेटिको मड्रिडले आइबारलाई १–० ले तथा भ्यालेन्सियाले डेपोर्टिभोलाई २–१ ले हरायो। आइतबार राति १ः३० बजे बार्सिलोनाले रियाल सोसिडाडसंग उसकै मैदानमा खेल्दैछ। लिगको अंक तालिकामा बार्सिलोना १८ खेलबाट ४८ अंकसहित शिर्ष स्थानमा रहेको छ।एथलेटिको मड्रिडको ४२, भ्यालेन्सियाको ४० तथा रियाल मड्रिडको जम्मा ३२ अंक छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ