arrow

'दुई कोरिया तयार भए प्रायद्वीपको तनाव समाधान असम्भव छैन'

logo
प्रकाशित २०७४ पुष ३० आइतबार
south-koreanorth-korea.jpg

प्योङयाङ, उत्तर कोरिया । दुई कोरियाबीच भएका पछिल्ला वार्ताले यदि दुवै मुलुक समस्या समाधानका लागि तयार भएमा समाधान असम्भव नभएको पुष्टि गरेको शनिबार उत्तर कोरियाले बताएको छ ।

उत्तर कोरियाको सरकारी दैनिक पत्रिका रोडोङ सिनमुनमा प्रकाशित एक लेखमा भनिएको छ, “अव उत्तर र दक्षिण कोरियाबीच समस्या समाधानका गर्ने र सम्बन्ध सुधार गर्नका लागि इमान्दार छलफल गर्ने वेला भएको छ ।”

सोल र प्योङयाङबीच गत मङ्गलबार पानमुनजोममा विगत दुई बर्षमा पहिलो पटक उच्च स्तरीय वार्ता भएको थियो । वार्तामा प्योङचाङमा हुने शीतकालिन ओलम्पिक खेलमा उत्तर कोरियालाई सहभागी गराउने दुई देशबीच सहकार्य र तनाव कम गर्ने बिषयमा केही सहमति भएको थियो । यसैलाई उदाहरण दिँदै दुई मुलुकबीचको इमान्दार प्रयास सम्बन्ध सुधारका लागि आवश्यक रहेको पुष्टि भएको उत्तरको दावी छ ।

उत्तर कोरियाली नेता किम जोङ–अनले नयाँ बर्षको पहिलो दिन सम्बन्ध सुधारका लागि प्रस्ताव गरेपछि वार्ता हुनसकेको हो ।

शनिबार दक्षिण कोरिया र उत्तर कोरियाबीच कार्यस्तरीय वार्ताका अर्को हप्ता छलफल हुने बताइएको सोलका एकिकरण मामिला मन्त्रीले बताए । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ