arrow

ट्रयाक्टरबाट लडेर एक युवकको मृत्यु

logo
प्रकाशित २०७४ पुष ३० आइतबार
accident-final.jpeg

उदयपुर । उदयपुरमा गुडी रहेको ट्रयाक्टरबाट लडेर एक युवकको मत्यु भएको छ ।

चौदण्डी नगरपालिका–२ लामा खोलामा शनिबार ४ बजेतिर ना २ त ९२३० नम्बरको ट्रयाक्टरबाट लडेर गम्भीर घाइते भएका खत्रीको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राति ज्यान गएको हो ।

ज्यान गुमाउनेमा १८ वर्षे सन्तोष खत्री रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी नवराज भट्टले जानकारी दिएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ