arrow

वादविवाद बढ्दा झण्डै कुटाकुटमा उत्रिए बाणिज्यमन्त्री विश्वकर्मा र एमाले नेता बडाल

logo
प्रकाशित २०७४ पुष ३० आइतबार
minbahadur.jpg

काठमाडौं ।  बाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मा र नेकपा एमाले नेता केशव वडालबीच वादविवाद बढ्दा झण्डै कुटाकुटमा उत्रिएका छन् । हिमालय टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘धमलाको हमला’को सुटिङको क्रममा दुवै आक्रमक बनेका हुन् ।     

प्रदेश प्रमुखको नियुक्ति, प्रदेशको अस्थाई राजधानी, राष्ट्रिय सभाको निर्वाचन र बर्तमान सरकारले राजिनामा दिने कुरामा वादविवाद हुदा मन्त्री विश्वकर्मा र नेकपा एमालेका नेता केशव वडालबीच कुटाकुटको अवस्था आएको थियो ।

प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा नेकपा एमालेसंग सहमति हुन नसकेकाले नै नयाँ सरकारको गठन हुन नसकेको विश्वकर्माले बताए । तर २/३ दिनमै सबैको  चित्तबुझ्ने गरी सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी भैरहेको मन्त्री विश्वकर्माले बताए ।

मन्त्री विश्वकर्माले एमाले नेता वडाललाई ‘गाउले कुरा नगर्नुस’ भन्दा वडाल विश्वकर्मामाथि झण्डै जाइलागेका थिए । एकछिनपछि फेरी विश्वकर्माले वडाललाई ‘खिच्चा कुरा नगर्नुस’ भन्दा वडालले विवाद चर्काएका थिए । दुबै नेताबीच झण्डै कुटाकुटको अवस्था आउदा संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठ भने चकित भई विश्वकर्मा र वडालको झगडा हेरिरहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ