arrow

विकासको नाममा जनता ठग्दै जनप्रतिनिधि

कामिकाटे खोलाबाट अवैध रुपमा ढुङ्गा उत्खनन

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ पुष ३० आइतबार
gitti.jpg

कञ्चनपुर ।  कञ्चनपुरको उत्तरी क्षेत्र चुरेसंगै जोडिएको एक खहरे खोलाबाट अवैध रुपमा ढुङ्गा, गिट्टी उत्खनन कार्य भईरहेको छ । खोलाको विच भागको ठाउँ ठाउँबाट गहिरो खाडल बनाएर उत्खनन भएको स्थानीयले बताएका छन् ।

खोला नियन्त्रणका लागि दुवै भागतिर तटबन्ध निर्माण गरिएको छ । स्थानीयका अनुसार ठेकेदारले उक्त खोलाबाट ढुङ्गा, गिट्टी लगे बाफत बैजनाथ मन्दिरको शौचालय निर्माण गरिदिने र खोलाको बाँधमा ग्राभिलिङ्ग गरिदिने आवश्वासन दिएपछि उत्खनन्को काम भईरहेको छ । दैनिक ४०/५० जति टिम्परमा ग्राभिल ओर्साने काम भईरहेको स्थानीयको भनाइ छ ।
 
स्थानीयलाई विकास गरिदिने आवश्वासन दिएपछि आफुहरुले पनि केही नगरेको स्थानीयको भनाई छ । खोला निर्माण भएको बाँधमा समेती केही ग्राभिलिङ्ग गरिएको छ । भने बाँकी खोलाबाट निकालिएको ग्राभिल कहाँ गएको बारेमा स्थानीयलाई केही थाहा छैन् ।

स्थानीय तेज बहादुर चन्दले बाँध उचो बनाईदिन्छु भन्दै ठेकेदारहरुले उत्खनन् गरेको बताए । ‘खोलाको विच भागबाट उत्खनन गरिएको छ, ‘उनले भने, ‘यो गहिरो रुपमा उत्खनन् गर्दा कटानीको समस्या निम्तियो ।’ मटैनाका स्थानीय गगाधर पन्तले बाँध बाँधिदिने भएकाले चाहिएको ग्राभिलिङ्ग निकालिएको बताए । ‘बर्षातका बेला हाम्रो गाउँ डुवान पर्छ, ‘उनले भने, ‘ठेकेदारले बाँधमा सडक बनाईदिन्छु भन्दै खोला उत्खनन् गरेको छ ।’
हामीलाई केही थाहा नभएको बताउदै उनले खोला नियन्त्रणका लागि काम हुनुपर्नेमा जोडदिए ।

भीमदत्त नगरपालिका–९  का वडाध्यक्ष राम नाथले बर्षातका बेला खोला ओभरफ्लो हुने भएकाले खोलाको विच भागबाट ग्राभिलिङ्ग निकाल्ने सहमती अनुसार ठेकेदारलाई दिएको बताए । यस्तै खोला व्यवस्थापनका लागि भन्दै वडाका विभिन्न सडकमा समेत उक्त उत्खनन् गरेर ग्राभिलिङ्ग हालिएको वडा अध्यक्ष नाथको तर्क छ । ‘यो खोलाबाट ढुङ्गा गिट्टी वालुवा उत्खनन् गर्ने ठेक्का दिनुपर्ने हो, ‘अध्यक्ष नाथले भने, ‘सम्बन्धीत निकायले ठेक्का नदिदा यहाँको विकास निर्माण र राजस्व उठ्न सकेको छैन् ।’ स्थानीयले पटक पटक सम्बन्धीत निकायमा माग राख्दा समेत वेवास्ता गरेको उनको दुखेसो छ ।

 ठुला ठुला खाल्डा हुने गरेर उत्खनन् गर्नु नराम्रो काम भएको भन्दै अध्यक्ष नाथले ठेकेदारले लार्पबाही काम गरेको आरोप लगाए । कञ्चनपुरमा निर्माणाधिन महाकाली तेस्रो चरणको नहर अन्र्तगत भीमदत्त नगरपालिका ९ मटैनामा निर्माण भईरहेको पुलमा ग्राभिलिङ्ग हाल्न उत्खनन् गर्ने ठेकेदारलाई सहमती दिएको वडा अध्यक्ष नाथले बताए । वडा अध्यक्ष नाथले उत्खनन् गरिएको ग्राभिल ९ नम्बरकै विकासका काममा प्रयोग गरिएको दावि गरे ।

ठेकेदार, वडा कार्यालयको मिलोमतोमा खोला उत्खनन् भईरहेको केही स्थानीयको आरोप पनि छ । दुवैतिर तटबन्ध निर्माण गरिएको खोलामा उत्खनन् गर्न कुनै पनि सरकारी निकायले अनुमति दिएको छैन् । अनुमति नदिदै खोला विकास भन्दै उत्खनन् गरिदा अनियमिता भईरहेको दावि गरिएको छ । करोडौँको ग्राभिलिङ्ग कता गयो भन्दै त्यसको हिसाब किताब राख्नुपर्नेमा स्थानीयले जोडदिएका छन् ।

 जिल्ला समन्वय समिति कञ्चनपुर राजस्व शाखा प्रमुख टेक बहादुर चन्दले उक्त खोलाबाट ढुङगा, गिट्टी र वालुवा उत्खनन् गर्ने इजाजत कसैलाई पनि नदिएको बताए । ‘कामिकाटे खोलाबाट ग्राभिलिङ्ग निकाल्न जिससले टेण्डर आब्हान गरेको छैन्, ‘उनले भने, ‘यदी कसैले यो खोलाबाट एउटा ढुङगा पनि उठाएको भए त्यो गैर कानुनी काम हुन जान्छ ।’  अवैध रुपमा भईरहेको उत्खननबाट कटानी हुने भएकाले बाँध समेत भत्किने खतरा रहेको उनको भनाई छ ।

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ