arrow

शिखरको 'विन्टर सेल' मेलामा थामिनसक्नु भिड, मेलामा १५ देखि ७० प्रतिशतसम्म छुट

logo
प्रकाशित २०७४ पुष ३० आइतबार
shikhar-mela.jpg

काठमाडौं ।  शिखर सुजले राजधानीको भृकुटीमण्डपमा लगाएको 'विन्टर सेल' मेलामा जुत्ताचप्पल किन्न सर्वसाधारणको थामिनसक्नु भिड लागेको छ । एक सातादेखि भइरहेको मेलामा पछिल्लो समय जुत्ताचप्पल किन्न सर्बसाधारणको भिड बढ्दै गएको हो । जुत्ता उत्पादकहरुबीच सेल मेला गर्न दिने कि नदिने भन्ने विवाद उत्कर्षमा पुगेपछि अब यस्तो मेला नहुने हो कि भन्ने आशंकाले उपभोक्ता सस्तोमा जुत्ताचप्पल किनिहाल्न मेलामा ओइरिएको अनुमान गरिएको छ ।
 
शिखरको सेल मेलामा शनिबार र आइतबार खुट्टा राख्ने ठाउँ थिएन । मेलामा सस्तो जुत्ता किन्न बाटैदेखि लाइन लागेको थियो । शिखरले भृकुटीमण्डपमा मेला गर्ने भएपछि जुत्ता उत्पादक संघका पदाधिकारीले अबरोध गर्ने प्रयास गरेका थिए । उनीहरुले सुरुमा मेला स्थलमा टेन्ट टाँग्न नदिने अडान लिएका थिए । मेला सुरु भएपछि उनीहरुले खुद्रा ब्यापारीका नाममा केही ब्यक्तिलाई उतारेर मेला स्थलमा धर्नासमेत दिएका थिए । मेला स्थलको स्वामित्व लिएको समाज कल्याण परिसदलाई शुल्क तिरेर बुक गरिसकेकाले जुत्ता उत्पादक सँघको विरोधले मेला गर्न कुनै असर परेन ।

शिखरले मेलामा फ्यक्ट्रीकै मूल्यमा जुत्ताचप्पल उपलब्ध गराएको छ । शिखरले जुत्ताचप्पलमा ७० प्रतिशतसम्म छुट दिएको छ । शिखर जुत्ताचप्पल उत्पादनमा मुलुककै उत्कृष्ट ब्राण्डका रुपमा चिनिएको छ । त्यसमा पनि सस्तोमा पाएपछि उपभोक्ता खरिद गर्न लाम लागेका हुन् ।
 
बजारमा ५ सय रुपैयाँ प्रतिजोरमा बिक्री हुने महिलाका चप्पल मेलामा दुई जोर ४ सय रुपैयाँमा बिक्री भइरहेको छ । बजारमा १३ सय रुपैयाँसम्म पर्ने स्कुले विद्यार्थीको जुत्ता मेलामा ५ सय रुपैयाँ प्रतिजोर, युवाले रुचाउने कन्भर्स डिजाइनको पाण्डा सुज प्रतिजोर ४ सय रुपैयाँदेखि ६ सय रुपैयाँमा दुई जोरसम्म उपलब्ध छ ।

 कपडाको न्यानो टिम्स सुज ५ सय रुपैयाँमा दुई जोर उपलब्ध गराइरहेका छौं । यस्तै बजारमा ७ सय रुपैयाँ पर्ने क्याजुअल सुज ४ सय रुपैयाँमा, बजारमा १५ सयदेखि २५ सय रुपैयाँ पर्ने स्पोर्टस सुज मेलामा १ हजार रुपैयाँमा, बजारमा २५ सयदेखि ३५ सय रुपैयाँसम्म पर्ने जुत्ता मेलामा १५ सय रुपैयाँमा उपलब्ध गराएको छ । मेलामा ग्राहकले अविश्वसनीय मूल्यमा जुत्ताचप्पल पाइरहनु भएको छ । मेलामा झण्डै ६ सय थरी डिजाइनका जुत्ताचप्पल राखिएको छ । यसले गर्दा उपभोक्ताले भेराइटी बीच छानेर किन्न पाउने छन् ।

मेलामा सस्तो जुत्ता पाएकाले आफूलाई मात्र किन्न आउनेले परिवारका सबै सदस्यलाई किनिरहेका छन् ।शिखरले सेल मेला लाएको सुनेर राजधानी बाहिररहेका आफन्तको आग्रहमा जुत्ता किन्न आउनेहरु पनि धेरै छन् । मेला आगामी माघ ६ गतेसम्म चल्ने छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ