arrow

माघे संक्रान्ति पर्वको कसरी भयो सुरुवात ? यस्तो छ ५ कहानी

logo
प्रकाशित २०७४ पुष ३० आइतबार
ganesh2max.jpg

काठमाडौं । सूर्य संस्कृति, मकर संक्रान्ति पर्व ब्रह्मा, विष्णु, महेश्वर, गणेश, आद्यशक्ति तथा सूर्यको आराधना एवं उपासनालार्इ पावन व्रत मानिन्छ । जो तन-मन-आत्मालार्इ नै शक्ति प्रदान गर्दछन् ।

सन्त-महर्षियहरुका अनुसार यसको प्रभावबाट प्राणीको आत्मा शुद्ध हुने विश्वास गरिन्छ। संकल्प शक्ति बढ्नेछ । ज्ञान तन्तु विकसित हुनेछ भने मकर संक्रान्ति यही चेतनाको विकसित गराउनको लागि उपयुक्त पर्व हो। यो पर्व त्यसैले पनि सबै हिन्दूहरुले कुनै न कुनै तरिकाले मनाउने गरेका छन् ।

- विष्णु धर्मसूत्रमा भनिएको छ कि पितृको आत्माको शान्तिका लागि एवं स्व स्वास्थ्यवर्द्धन तथा सर्वकल्याणका लागि तिलको ६ वटा प्रयोग पुण्यदायक मानिन्छ एवं फलदायक मानिन्छ ।  तिल जलद्वारा स्नान गर्नु, तिल दान गर्नु, तिलबाट बनेको भोजन, जलमा तिल अर्पण, तिलको आहुति र तिलको खेती गर्नु ।

- सूर्यको उत्तरायण पछिदेखि देवीको ब्रह्म मुहूर्त उपासनाको पुण्यकाल प्रारम्भ हुनेछ। यस कालमा परा-अपरा विद्या प्राप्तिको काल समेत मान्ने गरिएको छ ।  यस समयलार्इ साधनाको सिद्ध काल पनि मान्ने गरिएका छन्। यस कालमा देव प्रतिष्ठा, गृह निर्माण, यज्ञ कर्म आदि पुनीत कर्म गर्न सकिन्छ। मकर संक्रान्तिको एक दिन पूर्वदेखि नै व्रत उपवासमा बसेर योग्य पात्रलार्इ दान दिनु आवश्यक हुन्छ ।

- रामायण कालदेखि भारतीय संस्कृतिमा दैनिक सूर्य पूजाको प्रचलन चलिरहेको छ । राम कथामा मर्यादा पुरुषोत्तम श्रीरामद्वारा नित्य सूर्य पूजाको विषय उल्लेख गरिएको छ।

- राजा भगीरथ सूर्यवंशी थिए, जसले भगीरथ तप साधनाको परिणामस्वरूप पापनाशिनी गंगालार्इ पृथ्वीमा ल्याएर आफ्नो पूर्वजलार्इ मोक्ष प्रदान गराएका थिए । राजा भगीरथले आफ्नो पूर्वजको गंगाजल, अक्षत, तिल समेतले श्राद्ध तर्पण गरेका थिए। त्यतिबेलादेखि माघ मकर संक्रान्ति स्नान तथा मकर संक्रान्ति श्राद्ध तर्पणको प्रथा सुरु भएको हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ