arrow

पेरूमा ७.२ रेक्टर स्केलको भूकम्प, २ जनाको मृत्यु, १७ सम्पर्कविहीन

logo
प्रकाशित २०७४ पुष ३० आइतबार
earthquake-FNL-new.jpg.jpeg

लिमा । पेरुको सामुद्रिक क्षेत्रमा आइतबार गएको भूकम्पमा परी दुईजनाको मृत्यु भएको पेरुका अधिकारीले जनाएका छन् ।

भूकम्पका कारण खानी भत्किँदा केही कामदार खानीभित्र पुरिएको आशङ्का गरिएको छ । खानीमा काम गर्ने दुई जनाको मृत्यु भएको छ भने १७ जना भूकम्पपछि सम्पर्कमा नआएको पेरुका स्वास्थ्यमन्त्रीले बताएका छन् ।

आइतबार पेरुमा ७.२ रेक्टर स्केलको भुकम्प गएको अमेरिकी भूगर्भ विभाग यूएसजिएसले जनाएको थियो । 

भूकम्पपछि पेरुका केही भाग तथा छिमेकी राष्ट्र चिलीमा सुनामी आउनसक्ने भनी चेतावनी दिइएको भएपनि केही समयपछि उक्त चेतावनीलाई खारेज गरिएको छ ।

भूकम्पको केन्द्रविन्दु पेरुको अकारीबाट ४२ किलोमिटर दक्षिणपश्चिममा समुद्रको १२.१ किलोमिटर गहिराइमा रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ