arrow

एमबीबीएस विद्यार्थी भर्नाः ८५ सिट अझै खाली

logo
प्रकाशित २०७४ माघ १ सोमबार
medical-treatment.jpeg

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका सम्बन्धन प्राप्त ७ मेडिकल कलेजमा एमबीबीएस अध्यापनका ५ सय ८२ सिटमध्ये ४ सय ९७ सिटमा मात्र विद्यार्थी भर्ना हुन तयार देखिएका छन् । चिकित्साशास्त्र अध्ययन संस्थान ९आईओएम० ले बिहीबार, शुक्रबार र आइतबार तीन दिन दिएको ‘ओपन हाउस काउन्सिलिङ’ मा सहभागी ३ हजारभन्दा बढी विद्यार्थीमध्ये ४ सय ९७ ले मात्र विभिन्न कलेज रोजे ।

वीरगन्जको नेसनल मेडिकल कलेज र जनकपुरको जानकी मेडिकल कलेजले अझै पूरा विद्यार्थी पाउन सकेनन् । नेसनलमा ७९ सिटमध्ये ५० जनाले मात्रै यो कलेज छनोट गरेका छन् भने जानकीका ७२ सिटमध्ये १६ जनाले मात्रै भर्ना हुन रुचाएको आईओएमले जनाएको छ ।
आईओएमका अनुसार यी दुई कलेजबाहेक अन्य सबै कलेजको सिट आइतबारको काउन्सिलिङबाट पूरा भएको छ ।

यी दुई कलेजमा फ्याकल्टी नहुने, विवाद भइरहने, बिरामी संख्या न्यून हुने भएकाले विद्यार्थीको रुचि कम रहेको जानकारहरू बताउँछन् । आईओएमले यस वर्ष पहिलो पटक एमबीबीएसमा मेरिटका आधारमा, सरकारले तोकेकै शुल्कमा भर्ना लिने व्यवस्था मिलाइएको छ । 

जसअनुसार उपत्यकाभित्र प्रतिविद्यार्थी ३८ लाख ५० हजार र बाहिर ४२ लाख ४५ हजार रुपैयाँमा अध्यापन गराउन लागिएको छ । विद्यार्थीलाई माघ पहिलो सातासम्म अनलाइनबाट भर्ना हुन भनिएको छ । 

भर्ना हुने अवधिसम्म कुन कलेजमा कति विद्यार्थी भर्ना हुन्छन्, त्यसपछि खाली रहने सिट तथा जानकी र नेसनलका गरी ८५ सिटमा दोस्रो पटक काउन्सिलिङ हुने आईओएमले जनाएको छ । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ