arrow

ओलम्पिक खेलको तयारीका लागि दुई कोरियाको बैठक

logo
प्रकाशित २०७४ माघ १ सोमबार
south-koreanorth-korea.jpg

सोल । आगामी महिना दक्षिण कोरियामा आयोजना हुन लागेको शीतकालीन ओलम्पिक खेलको तयारीका लागि उत्तर र दक्षिण कोरियाको बैठक दक्षिण कोरियामा सोमबार सुरु भएको छ ।

उक्त बैठकमा दुवै देशका तर्फबाट चार-चार जनाको सहभागिता रहने बताइएको छ । सो बैठकले उक्त ओलम्पिक खेलकूदको तयारीका बारेमा छलफल गर्ने जनाइएको छ ।

उक्त कार्य समूहको बैठकमा दुवै देशका उच्च अधिकारीहरुको सहभागिता रहेको छ । सो बैठक दक्षिण कोरियाको पानमुनजोम नगरमा सुरु भएको समाचारमा जनाइएको छ ।

यसअघि यही जनवरी ९ मा दुवै कोरियाको बैठक दक्षिण कोरियामा बसेको थियो । उक्त बैठकमा उत्तर कोरियाले दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलमा आफ्नो सहभगिता रहने बताएको थियो ।

उत्तर कोरियाले आफ्ना खेलाडी र प्रतिनिधिहरू फेबु्रअरीमा हुन लागेको सो शीतकालीन ओलिम्पिमा सहभागी हुन पठाउने भएको जनाएकोले सोही विषयमा थप छलफल गर्न तथा उक्त खेलकूदको तयारीका लागि सो बैठक बसेको बताइएको छ ।

सो खेलकूदमा उत्तर कोरियाले पठाउने भनिएको उक्त टोलीमा खेलाडी, प्रतिनिधि र समर्थकका साथै अन्य नागरिक पनि हुने उत्तर कोरियाको वार्ता टोलीका एकजना सदस्यले सोलमा जानकारी दिएका छन् ।

उत्तर कोरिया र दक्षिण कोरियाका उच्च अधिकारीहरूबीच सन् २०१५ पछि अर्थात दुई वर्षयता गत हप्ता पहिलोपटक वार्ता भएको हो ।

पछिल्लो समयमा दुई कोरियाबीचको सम्बन्धमा सुधार आएको छ । गएको जनवरी १ मा नयाँ वर्षको अवसर पारी देशवासीका नाममा गरेको सम्बोधनका क्रममा उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले एक आपसमा वार्ताको प्रस्ताव स्वीकार गरेका हुन् ।

सो प्रस्तावपछि भएको जनवरी ९ को वार्ता सौहार्द भएको बताइएको छ । अब आगामी महिना दक्षिण कोरियामा हुने उक्त ओलम्पिकमा उत्तर कोरियाको सहभागिताले पनि सम्बन्धमा थप सुधार आउने अनुमान गरिएको छ । एएफपी

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ