arrow

तिब्बतमा ल्होछार लाग्यो, चिनियाँ सामग्री आयात ठप्प

logo
प्रकाशित २०७४ माघ १ सोमबार
Rasuwa gadhi.JPG.jpeg

रसुवा । ल्होसार पर्वका कारण चिनियाँ सामग्री आयातको काम सोमवारदेखि ठप्प भएको छ ।  प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार नेपाल पठाइने सामग्री ट्रक कन्टेनरमा लाद्ने जिम्मा लिई केरुङमा काम गर्दै आएका ट्रान्सपोर्टहरुले ल्होछार मनाउन सात दिनका लागि सामान नलाद्ने सूचना जारी गरेपछि केरुङबाट नेपाल आयात हुने काम स्थगन पनि सामान लिन जाने ट्रक र कन्टेनरलाई केरुङ जान भने नरोकिएको बताइएको छ ।
 
मालवाहक ट्रक र कन्टेनर बन्द हुँदा टिमुरे क्षेत्रको चहलपहलमा कमी आएको स्थानीयवासीले बताएका छन् । नेपाली व्यवसायीका लागि चीनको गान्जाउ र ल्हासादेखि केरुङसम्म सामान ढुवानी गर्ने ठूलो कम्पनी मुसा ट्रान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङसे पिङले अहिले तिब्बती ल्होछार भएको र मोटरमा सामान अदलबदल गर्ने सबै कामदार तिब्बती भएका कारण काम बन्द गरेको जानकारी दिए ।
 
यही माघ ८ गतेदेखि ढुवानी सेवा पुनःसञ्चालन हुने बताइएको छ । गत वर्ष पनि यही समयमा एक साता ढुवानी बन्द भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ