- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले फेरि गति लिन थालेको छ । म्यानचेस्टरले सोमबार राति भएको खेलमा स्टोक सिटीलाई ३–० ले पराजित गर्दै लय समातेको हो ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा घरेलु ७४,७२६ जना दर्शकलाई खुसी पार्ने क्रममा म्यानचेस्टर युनाइटेडका एन्टोनियो म्यालेन्सिया, एन्थोनी मार्सियल र रोमेलु लुकाकुले गोल गरे ।
जेस्सी लिंगार्ड र लुकाकुले पहेंलो कार्ड खाएपछि बाँकी खेलमा भने होसियार भएर खेल्नुपर्नेछ ।
दुबाईमा आएर रिफ्रेसिङ अभ्यास गरेपछि होजे मौरिन्होको टिम केही फ्रेस देखिएको छ ।
यो जितले म्यानचेस्टर युनाइटेडले लिभरपुल र चेल्सीलाई पछाडि छोडेको छ भने म्यानचेस्टर सिटीसंग अंक दुरी कम गरेको छ ।
लिगको अंक तालिकामा २३ औं चरणको समाप्तिसम्म म्यानचेस्टर सिटीको ६२, युनाइटेडको ५०, लिभरपुलको ४७, चेल्सीको ४७, टोटनह्यामको ४४ र आर्सनलको ३९ अंक छ ।