arrow

अझै तीन दिन फुर्सदमा कम्युनिष्ट गठबन्धन, किन ? 

logo
प्रकाशित २०७४ माघ २ मंगलबार
uml-maobadi-flag.jpg

काठमाडौं । कम्युनिष्ट गठबन्धनले जितेपछि एकाएक मुलुकको विकासले कायापलट लिन्छ भन्ने भन्ने पाल्नेहरु पहिले जस्तै ‘खत्तमै भयो’ भन्ने स्थितिमा पुगेका छन् । माओवादी केन्द्रको रेटिङ एकाएक घटेको छ भने एमालेबाट पनि केपी शर्मा ओलीको मात्र आशा रहेको छ भन्नेहरु धेरै छन् । 

एक एमालेका पुराना नेताले हाम्राकुरासंग भने, ‘हाम्रा कमरेडहरुलाई काममा भन्दा कुर्सीमा बढी जोड छ, केही गर्ने ओली कमरेड हुन्, उनी कतैबाट नबिके हुन्थ्यो ।’

‘नाम नतोक्नु होला, फेरि बुढेसकालमा स्पष्टिकरण दिन धुम्बाराही धाउन गाह्रो हुन्छ’ भन्दै उनले सुनाए, ‘ओली कमरेडमा गलतलाई पनि भाँती पुर्याएर सही नै यही हो भनेर
 त्यही लाइनमा अरुलाई डोराउन सक्ने क्षमता छ, नेतामा यत्ति त चाहिन्छ ।’

उनले सुनाए, ‘नाकाबन्दीमा असर त हामी सबैलाई परेकै हो, फ्लप त सबै नेता भएकै हुन्, तर त्यसलाई मिलाएर ओली ह्याण्डल गरे अहिले चुनावले त उनको पपुलारिटी बढेको प्रमाणित गर्यो ।’

अहिले तिनै केपी ओली बैंकमा रहेकाले पार्टी एकताका लागि अगाडि बढेको एमाले र माओवादी केन्द्रका नेताहरु फुर्सदिला भएका हुन् । 

ओली बिहिबार मात्रै स्वदेश फर्कने भएका छन् । उपचारका लागि बैंककस्थित बुमरुङगार्ड अस्पतालमा पुगेका ओलीको नियमित स्वास्थ्य परीक्षण सामान्य भएपछि उनी बिहिबार फर्कन लागेका हुन् । 

गत हप्ताको बुधबार उनी एक हप्ताका लागि भनेरै बैंकक गएका थिए । 

ओली नआएसम्म पार्टी एकता र राष्ट्रिय सभा सदस्य उम्मेदवारको टुंगो नलाग्ने भएपछि गत बिहिबारदेखि नै एमाले र माओवादीका नेताहरु फुर्सदिला भएका हुन् । 

‘खाली दिमाग सैतानका वास’ भनेझैं दुवै दलका नेताहरु आपसमा मै ठूलो भन्न भ्याएका छन् । उनीहरु पार्टीको काममा भन्दा उद्घाटन र सभा समारोहतिर नै जानमा व्यस्त छन् । 

उनीहरुलाई भाषण गर्ने विषय नै नभएजस्तै भएको छ । 

सरकारले सम्भवतः मंगलबार प्रदेश प्रमुख र प्रदेशको अस्थायी प्रदेश राजधानी तोक्नेछ । 

त्यसपछि सरकारको विरोध गर्दै जनता तताउन एमाले र माओवादीलाई मसला पुग्नेछ । 

के ओली आएपछि गठबन्धन काममा फर्केला ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ