arrow

राप्रपा अब काठमाडौं छाडेर वीरगञ्जतिर 

logo
प्रकाशित २०७४ माघ २ मंगलबार
RPP-N111.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुनको दोस्रो सातामा केन्द्रीय परिषद्को बैठक वीरगञ्जमा गर्ने भएको छ । 

मुलुकको राष्ट्रिय राजनीतिमा पार्टीको सशक्त वैचारिक दृष्टिकोणलाई स्थापित गर्ने नयाँ रणनीति तथा पार्टीको अस्तित्व र पहिचानलाई परिवर्तित अवस्थामा कायम गर्ने विषयमा उक्त बैठकमा छलफल हुनेछ । 

पार्टीले चुनावमा पराजय भोगेपछिको अवस्थामा अब हिन्दूराष्ट्रलगायतका मुद्दा तथा सिद्धान्तमा अटल रहने, राष्ट्रवादी, प्रजातन्त्रवादी शक्ति निर्माणका लागि उपायको खोजी गर्न सो बैठक उपयोगी हुने केन्द्रीय सदस्य सरस्वती अधिकारीले जानकारी दिइन् ।

करिब पाँचसय जनाको सहभागिता रहने सो बैठक पार्टीको केन्द्रीय महाधिवेशन पछिको ठूलो बैठकका रुपमा लिइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ