arrow

विष्णुलक्ष्मी साहित्यिक पुरस्कार न्यौपानेलाई

logo
प्रकाशित २०७४ माघ २ मंगलबार
charikot.JPG

चरिकोट । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले यो वर्षको ‘विष्णुलक्ष्मी साहित्यिक पुरस्कार‘ साहित्यकार भोजराज न्यौपानेलाई प्रदान गरेको छ । सोमबार चरिकोटमा आयोजित एक समारोहमा  पुर्व मन्त्री आनन्द पोखरेलले न्यौपानेलाई नगद एवं सम्मानपत्रले प्रदान गरे।

 अढाई दशकदेखि नेपाली साहित्यमा क्रियाशिल न्यौपानेका ‘आकाश माथिको देवता’, ‘सपनामाथि उभिएर’ र ‘छुटेको जुत्ता ’ कविता संग्रह प्रकाशित छन् । उनका विभिन्न पत्रपत्रिकामा कथा, निवन्ध र संस्मरणात्मक आलेख र तीनसय बढी गीत प्रकाशित छन् । दोलखाली समकालिन साहित्य, अरुणिमा, हाम्रो गाउँघर लगाएतका साहित्यिक कृति एवं पत्रपत्रिकाका सम्पादक रहेका न्यौपाने दोलखाका पहिलो व्यवसायिक पत्रकारका रुपमा परिचित छन् ।

पत्रकार चिरन्जीवी मास्केले आफ्नी आमाको नाममा स्थापना गरेको उक्त पुरस्कारको कोष मजबुत बनाउने उदेश्यले न्यौपानेलाई प्राप्त गरेको उक्त पुरस्कार संस्थाका संस्थापक मास्केलाई हस्तान्तरण गरे। २०६९ सालमा आफ्नी आमा र कर्म दिने आमाको नाममा पुरस्कार स्थापना गरेका थिए ।

 कार्यक्रममा तुलसीमायाँ रेडियो पत्रकारिता साहित्यिक पुरस्कार हाम्रो रेडियो की प्रस्तोता लक्ष्मी बस्नेतलाई प्रदान गरियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ