arrow

काँग्रेस केन्द्रीय समिति वैठक माघ ४ मा

logo
प्रकाशित २०७४ माघ २ मंगलबार
nc-party-office.png

काठमाडौं । नेपाली काँग्रेसले माघ ४ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काँग्रेस शीर्ष नेताहरूको बैठकले माघ ४ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरको हो । माघ ४ गते बिहान ८ बजे बालुवाटारमा बस्ने बैठक राष्ट्रिय सभा निर्वाचन र समसामयिक राजनीतिमा केन्द्रीत हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

प्रवक्ता शर्माले केन्द्रीय कार्यसमितिको बैठक पहिलो चरणमा आसन्न राष्ट्रिय सभाको निर्वाचनमा केन्द्रित रहने र त्यसलगत्तै समसामयिक राजनीतिक विषयवस्तुहरुले बैठकमा प्रवेश पाउने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ