arrow

भक्तपुरमा भुवन मल्लका पालादेखिको प्रसिद्ध नवदुर्गा नाच सुरु

logo
प्रकाशित २०७४ माघ २ मंगलबार
nabadurga.JPG

काठमाडौं । भक्तपुरमा  नवदुर्गा गणको नाच औपचारिक रुपमा सुरु भएको छ ।  काठमाण्डौ उपत्यका लगायतका स्थानमा प्रर्दशन हुने यो नाच मंगलबार भक्तपुर नगरपालिकाको बडा नम्बर ९ सुर्यमढी टोलबाट सुरु भएको हो ।

यो नाच प्रत्येक वर्ष माघ २ गते सुर्यमढियोबाट प्रर्दशन सुरु हुने परम्परा छ । आउने साउन महिनाको भलभलाष्टमीका दिनसम्म सञ्चालन हुने यो नाच भक्तपुरका विभिन्न स्थानका गरी २१ स्थानमा प्रर्दशनी गर्ने परम्परा रहेको छ ।

भक्तपुरको दत्तात्रय , नागपोखरी , इनाचो , गोलमढी , नासमना ,   सुकुलढोका , दरबार स्क्वायर , खौमा लगायतका स्थानमा प्रर्दशनी हुनेछ ।

साथै भक्तपुर नगर बाहेकका मध्यपुर थिमी , चागुनारायण , साखु , धुलिखेल , श्रीखण्डपुर , नाला , काभ्रे लगायतका स्थानमा गएर पनि यो नाच प्रर्दशनी गर्ने चलन छ ।

यो नाचमा मुकुण्डो सहितका १९ जना देवगण हुन्छन्  । त्यसमध्ये १२ जनाले मुकुण्डो लगाएर पालै पालो नाच्ने परम्परा छ । परम्परागत भेषभुषामा देवगणको प्रतिकका रुपमा सजिएका उनीहरुले खाली खुट्टाले नै नाच प्रर्दशनी गर्छन ।

यो नाचमा  भैरव, महाकाली, बाराही, गणेश, ब्रम्हायणी, कुमारी, महेश्वरी, भद्रकाली, इन्द्रायणी, महादेव श्वेत भैरवका रुपमा देवगणले नाच्ने गर्दछन् ।

बंशाबलीका आधारमा यो नाच भक्तपुरका राजा भुवन मल्लले सन १५०५ देखि सञ्चालनमा ल्याएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ