arrow

केटिएम मोबाइलको एक्सचेन्ज मेला

मोबाइल खरिदमा ४५ प्रतिशतसम्मको छुट

logo
प्रकाशित २०७४ माघ २ मंगलबार
mela.jpg

काठमाडौं। न्यूरोडमा अवस्थित ताम्राकार मोबाइल कम्प्लेक्समा रहेको नेपालकै सबैभन्दा पुरानो मोबाइल एक्सचेन्ज हाउस केटिएम मोबाइल नयाँ अवधारणअनुसार संचालनमा आएको छ ।

नयाँ शोरुमको एक कार्यक्रमका बीच मोबाइल फोन इम्पोटर एशोसिएसन नेपालका अध्यक्ष तथा आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले गरे । मल्होत्राले नेपाली मोबाइल बजारमा अस्वस्थ्य प्रतिस्पर्धा हुँदै गएको भन्दै आगामी दिनमा मोबाइल अपरेटिङ्ग प्राइस(एमपीओएस) लागू गर्ने तयारीमा रहेको जानकारी दिए ।

विगत ६ वर्षदेखि संचालित मोबाइल शोरुममा नेपालका लोकप्रिय र चर्चित ब्राण्डका हरेक मोडलका फोनहरु उपलब्ध रहेको छ ।

केटिएम मोबाइल शोरुममा ग्राहकहरुलाई कुनैपनि मोबाइल खरिदमा हात खाली नजानेगरि उपहारहरु प्रदान गरिने संचालकले जानकारी दिए ।

शोरुमको ग्राण्ड ओपनिङ्गको अवसर पारेर कम्पनीले हरेक मोबाइल खरिदमा न्यूनतम ५ प्रतिशतदेखि ४५ प्रतिशतसम्मको डिस्काउन्ट प्रदान गर्ने जानकारी दियो ।

शोरुमले आफ्नो उद्घाटको अवसर पारेर माघ १५ गतेसम्मका लागि ग्राण्ड मोबाइल एक्सचेन्ज मेला समेत शुरु गरेको छ ।

उत्कृष्ट मोबाइल सर्भिस सेन्टर संचालनमा रहेको शोरुममा दक्ष र अत्याधुनिक प्रविधिबाट कुनैपनि ब्राण्डका मोबाइलहरु मर्मत गरिने र मोबाइल मर्मत सेवा÷रिपेयरिङ्गमा समेत १० प्रतिशतसम्मको छुट उपलब्ध गराईएको संचालक कृष्ण पराजुलीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ