arrow

रेल चढेर पाकिस्तान गएको क्रिकेट टोली अष्ट्रेलियालाई हराएर ‘प्लेन’मा फर्किदै

विदाई गर्ने मन्त्रीले भने – ‘यो राज्यलाई नै चुनौती’

logo
प्रकाशित २०७४ माघ २ मंगलबार
blank_cricket.JPG

काठमाडौं । प्लेन टिकट लिन नसकेर बस र रेल चढेको नेपाली नेत्रहिन क्रिकेट टोली फर्किदा हवाईजहाज ‘प्लेन’ चढेर नेपाल आउने भएको छ ।

६ महिना अघि १५ लाख आर्थिक सहयोगका लागि प्रस्ताव लगेर राष्ट्रिय खेलकुद परिषद पुगेको नेपाल नेत्रहिन क्रिकेट संघ नेपालबाट बस चढ्ने र भारतबाट रेल चढ्ने निर्णयमा पुग्यो ।

नेपाल नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेका अनुसार खेलकुद मन्त्रालयको निर्देशनमा राखेपबाट जम्मा चार लाख आयो । उनकै भनाईमा, २० लाख सम्म जुटेको भए प्लने चढ्न सकिन्थ्यो । तर, आफुहरुले मागेको १४–१५ लाख पनि जुट्न सकेन, उनले पाकिस्ताा हिँडेका बेला सुनौली कट्दै गर्दा भनेका थिए– बस र रेल चढ्नु बाध्यता थियो, नभए प्रतियोगिता नै छुट्थ्यो ।

बस र रेल चढेर नेत्रहिन क्रिकेट टोली पाकिस्तान गएको समाचार प्रकाशित भएपछि सहयोग संकलनको अभियान थालेको नेपाली क्रिकेट समर्थक समाज एनसएएसएसले खेलाडीलाई प्लेन टिकट दिलाउने व्यवस्था गरेको हो ।

एनसीएसएसका प्रमुख भानु सिग्देल भन्छन्, ‘नेपाली टोलीका लागि आउँदो आइतबार (२१ जनवरी)को टिकट पक्का गरिएको छ ।’ नेपाली टोलीका लागि फ्लाई दुबई एअरलाइन्सले ३० प्रतिशतसम्म छुट दिएको छ ।

नेत्रहीन क्रिकेट टोलीलाई हवाईजहाज ‘प्लेन’चढाएर नेपाल फर्काउन एनसिएसएसले थालेको अभियानमा ६ लाख रुपैँया जम्मा भइसकेको छ ।

'रानाभाटलाई ७० लाख ' : विश्वकप खेल्ने दृष्टिविहीन क्रिकेट टोली रेल चढेर पाकिस्तान !

पाँचौँ संस्करणको नेत्रहीन एक दिवसीय क्रिकेट खेल्न नेपाली टोली गइको पुस १८ गते बस चढेको थियो । प्रतियोगिता आउँदो आइतबार सकिँदै छ । दृष्टिविहीन टी–२० विश्वकपको अनुभव बटुलिसकेको नेपालले पहिलोपटक एकदिवसीय ढाँचाको विश्वकप क्रिकेट खेलेको हो ।

अष्ट्रेलियामाथि जित
लगातार चार खेल हारेको नेपाली टोलीले समूहको आफ्नो अन्तिम खेलमा अष्ट्रेलियालाई हरायो । नेपाल त्यसअघि नै प्रतियोगिताबाट बाहिरिएको थियो ।

नेपालसँग हारेपछि अष्ट्रेलिया पनि प्रतियोगिताबाट बाहिरियो । सोमबार नेपालले अष्ट्रेलियालाई ८ विकेटले हरायो । प्रतियोगितामा सहभागि भएको भनेर सम्झिने सन्देश दियो ।

यी दुईबीचको खेल दुबईमा भएको थियो । अष्ट्रेलियाले दिएको २ सय ९९ रनको चुनौती नेपालले मात्र २ विकेट गुमाएरै पूरा गरिदियो । ६ राष्ट्र सहभागि प्रतियोगितामा नेपाल र अष्ट्रेलिया समूह चरणबाट बाहिरिँदा भारत, श्रीलंका, पाकिस्तान र बंगलादेश नेत्रहीन विश्वकपको सेमिफाइन पुगे ।

राज्यलाई चुनौती हो : राज्यमन्त्री चौधरी
नेत्रहीन नेपाली क्रिकेट टोलीको विदाई गर्न खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी राष्ट्रिय खेलकुद परिषद् पुगेका थिए । उनलाई टोलीले प्लेन चढ्ने टिकट पाएन भन्ने जानकारी त्यहीँ गएर थाहा भएको थियो ।
उनले मन कुँड्याउँदै भनेका थिए, –‘अन्तिम समयमा आएर थाहा भयो । बरु मन्त्री ज्यूलाई थाहा थियो की, विदाइ गर्न म गएँ मैले त्यो जानकारी त्यहीँ गएर थाहा पाए । यो विडम्पना हो ।’

फेरि पनि उनले तेही कुरा दोहोर्‍याएका छन् । उनले भने, ‘पहिले नै हामीलाई थाहा थिएन । त्यही गएपछि थाहा भयो । पहिले नै भएको भए विभिन्न तरिकाले सोच्न सकिन्थ्यो ।’ टोली अहिले प्लेन चढेर आउने भएको कुरा थाहा पाएपछि, राज्यमन्त्री चौधरी फिस्स हाँसे । उनले भने, ‘यो सकारात्मक सन्देश हो । नेपालमा सहयोगि हातहरु छन् भन्ने उदाहरण हो । अनि तपाईहरुले समाचार लेखेपछि यसरी सहयोग जुट्नु भनेको तपाईहरुको प्रकाशनका लागि खुसीको खबर हो ।’

सरकारी संस्थाहरुले वास्ता गरेनन्, यो राज्यलाई चुनौती होइन ? जवाफमा उनले भने, ‘यो राज्यालाई चुनौती हो । म स्वीकार गर्छु । तर, यहाँ क्रियाशिल संघ संस्थाहरुले पनि दायित्व भुलेका रहेछन् भन्ने अर्को प्रमाणपनि हो ।’ राज्यले गर्न नसकेको कुरा कुनै सहयोगि हातहरुले गर्नु भनेको सकारात्मक हो । यसलाई सकारात्मक लिनुपर्छ, उनले अगाडि भने, ‘हाम्रा केही प्रक्रिया पुगेनन् होला । समयमा पत्राचार भएको भएपनि पाउने र प्रक्रिया थाल्नेबाट केही कमिकमजोरी भएका हुन सक्छन् । अब पनि त्यसलाई नसच्याउनु दुर्भाग्य हो ।’

उनले संघ संस्थाहरुले पनि भने अनुसारको काम नगरेको बताए । अनि तपाईहरुका सरकारी संस्था नि ? जवाफमा उनले भने, ‘सरकारी संस्थालाई हामीले निर्देशन दिन्छौँ । गर्ने नगर्ने उहाँहरुले हो । उहाँहरुको आफ्नो मनोमानी चल्नु हुँदैन थियो । यदि यसको प्रस्ताव छ महिना अघि आएको थियो भने राखेपले त्यसको प्रतिक्रिया समयमै दिनु पर्ने थियो ।’ अब त्यस्तो गरिनु हुँदैन । राज्यमन्त्री चौधरीले आफु मन्त्रालयमा आएदेखि देखिने गरेर कसैले केही काम नगरेको पनि स्वीकारेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ