arrow

मिटिगा विमानस्थल आक्रमणमा मृत्यु हुनेको संख्या बीस पुग्यो

logo
प्रकाशित २०७४ माघ २ मंगलबार
libiya.jpg

त्रिपोली । लिबियाको राजधानीमा रहेको एक मात्र अन्तरराष्ट्रिय विमानस्थलमा सोमबार लडाकूले आक्रमण गरेपछि सुरक्षाकर्मी र आतङ्ककारीबीच भएको झडपमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको छ । यस आक्रमणमा परी अन्य ६३ जना घाइते भएका छन् ।

जेलमा रहेका आफ्ना समर्थकलाई छुटाउन भन्दै लडाकूले विमानस्थल मै आक्रमण गरेपछि सरकारी पक्ष र आक्रमणकारी पक्षबीच झडप भएको अधिकारीले बताएका थिए ।

झडपका क्रममा भएको गोलाबारीमा परी छ वटा विमान प्रभावित भएको जनाइएको छ । मारिएका मध्ये कति जना लडाकूतर्फका छन् र कति जना सर्वसाधारण छन् भन्ने बारेमा अहिलेसम्म केही खुल्न सकेको छैन ।

घटनामा परी घाइते भएकामा केहीको अवस्था गम्झीर भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान रहेको छ ।

मिटिगा विमानस्थल त्रिपोलीबाट पूर्वतर्फ पर्दछ । यो आमनागरिकले प्रयोग गर्ने अन्तरराष्ट्रिय विमानस्थल हो । सन् २०१४ मध्यतिर विद्रोही लडाकूले आक्रमण गर्दा भएको झडपपछि सो विमानस्थल क्षतिग्रस्तरुपमा रहेको छ ।

उत्तर अफ्रिकी मुलुक लिबियामा लामो समय मोहमर गद्दाफीले तानाशाही शासन व्यवस्था लागु गरेका थिए । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ