arrow

अम्पायरलाई रिस पोख्दा विराट परे जरिवानामा

logo
प्रकाशित २०७४ माघ २ मंगलबार
virat-kohli1.jpg

एजेन्सी । भारतको राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहलीलाई जरिवाना परेको छ । विराटले मैदानभित्र अभद्र व्यवहार गरेकामा जरिवाना तिर्नु परेको हो ।

दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेष्टका क्रममा कोहलीले अम्पायर मिचेल गजसँग विवाद गरेकाले जरिवानामा परेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषदले विराटले अभद्र र रिसाहा व्यवहार गरेको भन्दै जरिवाना गराएको हो ।
उनको २५ प्रतिशत खेल मूल्य र एक अंक घट्ने छ । दक्षिण अफ्रिकाले ब्याटिङ गरिरहदा २५औं ओभरमा कोहलीले बल ओसिलो भएको भन्दै अम्पायरसँग विवाद गरे । लगत्तै खेल वर्षाले अवरुद्ध भयो । कम उज्यालोमा खेलाएको भन्दै भारतले बेला बेलामा टिप्पणी गरिरहेकै थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ