arrow

एमालेका कारण हाँस्न सकिरहेका छैनन् प्रचण्ड !

logo
प्रकाशित २०७४ माघ २ मंगलबार
prachanda_niras.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अनुहारको चमक अहिले बदलिएको छ । चुनाव अघिको प्रचण्डको अनुभव, चुनाव सकिएर मत परिणाम आउँदाको प्रचण्डको अनुहार र अहिलेको प्रचण्डको अनुहारमा आकाश जमिनको भिन्नता देख्न सकिन्छ । प्रचण्ड बदलिएको महसुस अहिले माओवादीकै नेताहरुले पनि गर्ने गरेका छन् । तर, प्रचण्डको बदलिएको अनुहारको चमकको राज के हो भन्ने कुरा भने उनका केही सीमित सहयोगीबाहेक अरुलाई खासै थाहा नहोला । 

प्रचण्डलाई धेरै पहिलेदेखि नै द्वन्द्वकालीन मुद्दाले खुलेर हाँस्न दिएको छैन । जव प्रचण्डको मुहारमा हाँसोको चमक देखिन्छ तव उनी हाँसेको देख्न नचाहने शक्तिहरु कहिँ न कहिँबाट जन्मिन थालिहाल्छन् । केही समय अघि प्रचण्डले नै मेरो लाजिम्पाटमा दिनदिनै रुवाबासी चल्छ भन्दै उनले द्वन्द्वकालीन मुद्दाका कारण आफू र आफ्ना निकटस्थहरुलाई समेत चैनसँग बस्न नदिएको स्मरण गर्ने गरेका छन् । 

अहिले एमालेले पनि प्रचण्डको वार्गेनिङ पावरलाई परास्त गर्न यही हतियार प्रयोग गर्न सक्ने संकेत पाएपछि अहिले प्रचण्डलाई नयाँ टाउको दुखाईको विषय बनेको छ । 

अहिले सत्य निरुपण तथा मेलमिलाप आयोगको समय थप गर्ने विषयमा पनि व्यापक बहस चलिरहेको छ । माओवादी स्रोतका अनुसार अहिले भारतले प्रचण्डलाई हेर्ने नजर पनि ओलीतिर लागेपछि प्रचण्ड यतिबेला झनै तनावमा छन् । 

उनको राजनीति प्रतिको वितृष्ण पनि पछिल्लो समय उनको अभिव्यक्तिमा झल्किने गरेको देखिन्छ । उनी अहिले आफ्नो भाषणमा पनि गठबन्धनको एकीकरणको समाचार भन्दा पनि मुलुकको समृद्धिको कुरा जोडेर जनतालाई भुल्याउनमा नै व्यस्त देखिन्छन् । 

यस अघिका भाषणहरुमा जनताले खोजेको विषयलाई केन्द्रमा राखेर अभिव्यक्तिदिने प्रचण्ड यतिबेला जनताले खोजेको बाम गठबन्धनको पछिल्लो एकीकरणको प्रक्रियाको प्रगतिको भन्दापनि विकासका गन्थन गरेर जनता भुलाउने प्रयासमा लागिरहेका छन् । 

अहिले ओलीको बैकक भ्रमणले प्रचण्ड झनै तनावमा रहेको प्रचण्ड निकट एक नेताले जानकारी दिएका छन् । उनका अनुसार यतिकादिनसम्म बैकक बसेर रणनीति तयार पारेका ओलीलाई कसरी फेस गर्ने भन्नेबारे उनी तनावमा छन् । यद्यपि ओली स्वास्थ्य उपचारको लागि भनेर बैंकक गएको भएपनि ओली निकट एक नेतासँग भेटेर फर्किएको कुरा बाहिर आईसकेको छ । 

यस्तो अवस्थामा भारतको भारतको गौण समर्थन केपीओलीलाई हुनेमा प्रचण्ड ढुक्क छन् । अब त्यसैको आगमा केपी ओलीको तानाशाही शैली झनै तानाशाही बन्ने निश्चित छ । यस्तो अवस्थामा प्रचण्डले बढी वार्गेनिङ गरेको खण्डमा सत्यनिरुपण तथा मेलमिलाप आयोगको धम्की दिएर प्रचण्डको वार्गेनिङ पावर कम गराउन सक्ने ओलीको सम्भावित रणनीतिका कारण प्रचण्ड तनावमा देखिएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । अर्काे तर्फ धेरै वार्गेनिङ गर्दा एमालेले फोरमसँग मिलेर सरकार बनाउन सक्ने सम्भावना पनि देखिएको छ । अहिलेको अवस्थामा सरकारमा पनि जान सकिएन भने आफूहरु झनै असुरक्षित हुने आकलनले पनि प्रचण्डको तनाव बढेको देखिन्छ ।  
 
पछिल्ला दिनमा प्रचण्डको अलमल पनि शंकास्पद देखिएको छ । प्रचण्ड निकट मानिएका एक नेताका अनुसार अहिले प्रचण्डको उपत्यका बाहिरको भ्रमण तनाव मुक्त गराउने मेसो मात्रै हो । उनी बाहिर देख्दा जति धेरै बाम एकता र गठबन्धनको सरकारप्रति सकारात्मक देखिएका छन् त्यति नै त्यसमा चिन्ता र तनाव पनि सँगसँगै छ । यो सबै तनाव र चिन्ता बाम एकताको विषयमा देखिएको झमेलासँगै एमाले र भारतका कारण पनि हो भन्ने कुरा सहजै आकलन लगाउन सकिन्छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ