arrow

सशस्त्र प्रहरीले माग्यो एआइजीमा बढुवाको लागि आवेदन, को को छन् प्रतिस्पर्धामा ? 

logo
प्रकाशित २०७४ माघ २ मंगलबार
APF.jpg

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले एआईजीमा बढुवा हुनको लागि योग्य डिआईजीहरुलाई आवेदन दिन सूचना जारी गरेको छ । सशस्त्र प्रहरी मुख्यालयले मंगलबार एक सूचना जारी गर्दै ५ जना एआईजीको लागि योग्यता पुगेका आवेदकहरुलाइ आवेदन दिन आग्रह गरेको हो । 

सशस्त्र प्रहरीले रिक्त रहेको ५ अतिरिक्त महानिरीक्षक पदमा बढुवा हुन योग्यहरुले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र सहित अन्य आवश्यक कागजातहरु सहित ३ दिन भित्र अनुसूची १३ बमोजिमको मूल्यांकन फारम भरी मुख्यालयमा पेश गर्न भनेको छ। 

मुख्यालयले सूचना जारी गरेसँगै सशस्त्रका ७ डिआईजीहरु एआईजीको लागि प्रतिस्पर्धामा उत्रिने भएका छन् । अहिले सशस्त्रको सो पदमा आवेदन भर्न योग्यता पुगेकाहरुमा योग्यताक्रम अनुसार क्रमशः जानकी भट्टराई, निराक्रम विक्रम शाह, सुबोध अधिकारी, खडानन्द चौधरी, सुरज श्रेष्ठ, राजेश श्रेष्ठ र बाबुराम पाण्डे प्रतिस्पर्धामा छन् । 

३ दिन भित्र यी सातै प्रतिस्पर्धीहरुले निवेदन दिएपछि यी मध्ये नेपाल सरकारले ५ जनालाई एआईजी पदमा बढुवा गर्नेछ । 

बढुवा समितिका सदस्य सचिवका हैसियतमा सशस्त्र प्रहरी महानिरिक्षक सिंह बहादुर श्रेष्ठले निकालेको सूचना यस प्रकार रहेको छः



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ