arrow

लेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा

logo
प्रकाशित २०७४ माघ ३ बुधबार
lester.jpg

काठमाडौं । लेस्टर सिटी र वेष्ट ह्याम युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् ।

मंगलबार राति भएको खेलमा फ्लिटउड टाउनलाई २–० ले हराउँदै लेस्टर चौथो चरणमा पुगेको हो । लेस्टरलाई विजयी गराउन दुवै गोल केलेची इहिनाचोले गरे ।

त्यस्तै श्रिउस्वरी टाउनलाई १–० ले हराउँदै वेष्ट ह्याम पनि चौथो चरणमा उक्लिएको छ ।

यी दुवै खेल एफए कपका रि प्ले हुन् । पहिलो खेल बराबरीमा सकिएपछि दोस्रो चरणमा रि प्ले खेलाइएको थियो ।

म्यान्सफिल्ड टाउनलाई ४–१ ले हराउँदै कार्डिफ सिटी, कार्लिस्ले युनाइटेडलाई २–० ले हराउँदै सेफिल्ड वेनस्डे र स्टेभिनेजलाई ३–० ले हराउँदै रिडिङ पनि चौथो चरणमा उक्लिएका छन् ।

एफए कप फुटबलमा बुधबार राति १ः३० बजे ३ खेल हुँदैछन् । 

चेल्सी र नर्वीच सिटी, स्वान्सी सिटी र वुल्भरह्याम्पटन वान्डरर्स तथा विगान एथलेटिक र बर्नमाउथ भिड्दै छन् ।  The ex-Man City forward awaits the decision after believing he timed his run to perfection

Jon Moss awaits a decision from VAR before being told that the Nigerian striker was not offside 

Referee Moss reverses the decision after the striker was proved to be onside by replays

Iheanacho's double earned Leicester a tie with Peterborough in the fourth round of the FA Cup

Iheanacho scored from Leicester's first shot on target over both games v Fleetwood

Leicester were poor at home to League One opposition but Iheanacho gave them the lead

Iheanacho had the ball in the net again, but it was ruled out as the ball had gone out of play



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ