arrow

पत्रकारको सहकारीमा सदस्यहरु निष्क्रिय भएपछि.....  

logo
प्रकाशित २०७४ माघ ३ बुधबार
patrakar-ko-sahakari.jpg

काठमाडौं । पत्रकारहरु मात्रै सहभागी हुनेगरी काठमाडौंमा स्थापना गरिएको सञ्चार बचत तथा ऋण सहकारी संस्था लिमिटिडले निष्क्रिय  सदस्यहरुलाई सक्रिय बनाउन विषेश साधारण सभा बोलाउने भएको छ । 

नियमित साधारण सभामा सदस्यहरुको उपस्थीति न्युन र बचत अनियमित भएपछि नियमित साधारण सभाले विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो । 

विशेष साधारण सभाको मिति भने केहीदिनपछि संस्थाको कार्यसमितिले तय गर्ने संस्थाकी अध्यक्ष निर्मला आचार्यले जानकारी दिइन् । 

आचार्य राष्ट्रिय समाचार समितिकी पुर्व महाप्रवन्धक हुन् ।
 
साधारण सभाले हरेक सदस्यले एक बर्षमा कम्तीमा दुई जना नयाँ सदस्य थप गर्ने अभियान चलाउने निर्णय पनि गरेको छ । संस्थामा अहिले १५७ जना पत्रकार सदस्य रहेको उपाध्यक्ष जगत नेपालले बताए । 
पत्रकारहरुले चाहना गरेमा सञ्चार माध्यमहरुका कार्यालयमै गएर पनि संस्थाका बारेमा जानकारी गराएर सामुहीक सदस्य बनाउने अभियानपनि चलाउने भएको छ । 

हरेक सदस्यले प्रति महिना एक हजार रुपैयाँ बचत गर्ने नियम भएपनि बचत नियमित हुन नसकेकाले बचतका लागि अबदेखि ताकेता बढाउने निर्णय गरिएको छ । 

संस्थाले लगाएको ऋण असुलीमा समेत कडाई गर्न साधारण सभाले निर्देशन दिएको कोषाध्यक्ष प्रदिप चापागाईले जानकारी दिए । 

संस्थाका दुई जना सदस्यको सिफारिसमा संस्थाका सदस्यलाई विनाधितो ऋण दिने व्यवस्थालाई कडाई गर्दै सिफारिस गर्ने दुई जना र ऋण लिने गरी तीन जनाको कुल बचत र शेयर भन्दा बढी ऋण नदिने निर्णय साधारण सभाले गरेको छ । 

आठ बर्ष अगाडी नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष विष्णु निष्ठुरीको नेतृत्वमा स्थापना भएको सहकारी संस्थाबाट अहिलेसम्म दर्जनांै पत्रकारहरुले आर्थिक संकटका बेला सहयोग पाएका छन् भने लाखौंको कारोबार भईसकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ