arrow

ध्रुवीकरणसँगै फेरिदै काँग्रेसको राजनीति, फेरिए सभापति देउवाका प्रतिनिधी

logo
प्रकाशित २०७४ माघ ३ बुधबार
sher-bahadur-deuba.jpg

काठमाडौं। संसद र प्रदेशको चुनाव लगत्तै फेरिएको नेपाली काँग्रेसको आन्तरिक राजनीति अझ पेचिलो वन्दै गएको छ। नेतृत्वसँग असन्तुष्टहरुले नयाँ नयाँ समुहमा उभिने गृहकार्य गरिरहेका छन्। गुट निरपेक्ष भएर पार्टीलाई बलियो बनाउने तर्क गर्दै प्रभावशाली नेताहरु पनि जुट्न थालेपछि यसले नेपाली काँग्रेसमा तरङग पैदा गरेको छ। 

प्रभावशाली सात केन्द्रीय सदस्यरुहले शुरु गरेको अभियानमा अन्य केन्द्रीय समदस्यहरु समेत थपिएपछि त्यो समहुको प्रभाव काँग्रेसमा वढेको छ। सो समुहलाई प्रभावित गर्न समुहका एक सदस्य विश्वप्रकाश शर्मालाई काँग्रेस सभापित देउवाले पार्टी प्रवक्ता बनाए। तर सो सात जनाको समुह झन विस्तार हुँदै गएको देखिएको छ। सातबाट बढेर १० जना केन्द्रीय सदस्यमा विस्तार भएको समुह अझ बढ्ने यसका नेता चन्द्र भण्डारीले बताए। 

यि केन्द्रीय सदस्यहरुको पहल पछि वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र अर्जुननरसिंह केसी पनि एक ठाउँमा आइपुगे। विगतमा सबै तीतामिठा कुराहरुलाई विर्साएर उनीहरु पनि पार्टी सभापतिलाई घेरावन्दीमा पार्ने रणनीतिमा उत्रिने गृहकार्य गरिरहेको देखिन्छ। सात जना केन्द्रीय सदस्यहरुले शुरु गरेको अभियान यि ३ नेताहरुले आफ्नो ढंगले पार्टी भित्र परिचालन गरेको अवस्थामा सभापति देउवा साच्चिकै अप्ठ्यारोमा पर्ने देखिन्छ। केसी पार्टी महाधिवेशनमा देउवाको टीमबाट महामन्त्रीमा प्रत्यासी भएका थिए। ५० प्रतिशत मत कटाउन नसक्दा एकै चरणमा पार्टी सभापति वन्न नसकेका देउवा सिटौला समुहले सहयोग गर्दा सभापति बनेका थिए। केसी र सिटौला देउवाका विपक्षमा उभिदा उनी निकै प्रतिरक्षात्मक अवस्थामा पुग्ने अवस्था बन्न सक्छ। 

यहि बेला कोइराला परिवारका ३ हस्तीहरु पटकपटक भेट गरि नेपाली काँग्रेसलाई थप चलायमान बनाउने गृहकार्यमा जुटिरहेका छन्। उनीहरु मध्य महामन्त्री  डा शंशाक कोइरालाले पार्टी सभापतिको बारेमा खासै टिप्पणी नगरेपनि डा शेखर कोइराला र सुजाता कोइरालाले सभापति देउवाको बारेमा तिखो टिप्पणीहरु गरिरहेका छन्। 

काँग्रेसभित्रका प्रभावशाली समुहहरु अलगअल गृहकार्यमा रहेपनि देउवालाई रक्षात्मक बनाउने अवस्थामा सबै एकै ठाउँमा उभिने तयारी झै देखिएको छ। यसको गृहकार्यमा अलगअलग छलफलहरु भएका छन्। 

यसरी पार्टीका नेताहरु गुटगत भेला छलफलमा व्यस्त हुँदा सभापति देउवाले ति नेताहरुलाई पार्टीका बोलाउनै पर्ने वैठकमा बाहेक वोलाउन छाडेका छन्। पार्टी सभापतिका हैसियतका उनले विभिन्न वैठकहरुमा पठाउने प्रतिनिधिमा पनि ति नेताहरुलाई पठाउन छोडेका छन्। 

विशेषगरि निर्वाचनको प्रक्रिया नसकिएको अवस्थामा बरिष्ठ नेता पौडेल अर्का नेता सिटौला, विमलेन्द्र निधी, अर्जनुनरसिंह केसीलाई देउवाले यसअघीका दलगत छलफलहरुमा बोलाउने र कतिपय ठाउँमा पार्टीको प्रतितिधीको रुपमा पठाउने गरेका थिए। 

मंगलवार राष्ट्रिय सभाको चुनावको तयारीको सिलसिलामा निर्वाचन आयोगले छलफल गरेको थियो। प्रमुख पाँच पार्टीका नेताहरुलाई आयोगले निम्त्याएको थियो। एमाले, काँग्रेस, माओवादी, संघीय समाजवादी र राजपाका नेताहरु वैठकमा सहभागि थिए। एमालेबाट पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ सहित अग्नी खरेल सहभागि थिए। माओवादीबाट नारायणकाजी श्रेष्ठ सहित देव गुरुङ सहभागि थिए। राजपाबाट अध्यक्ष मण्डलका महन्थ ठाकुर सहितका नेता थिए। संघीय समाजवादीबाट उपाध्यक्ष राजेन्द्र श्रेष्ठ सहितका नेता थिए। 

सबै दलका पार्टीका पदाधिकारी तहका नेता सहभागि भएको वैठकमा काँग्रेसबाट भने त्यस्तो देखिएन। काँग्रे्सबाट संगठनमा राम्रो पकड भएका तथा कानुन बुझेका नेताहरु आएपनि यसअघी यस्ता वैठकमा सहभागि हुने गरेका नेताहरु छुटेका थिए। आयोगका एक कर्मचारीले हाम्राकुरासँग भने सबै दलका शिर्षस्थ नेता आउँदा काँग्रेसबाट पनि हामीले त्यहि अपेक्षा गरेका थियौ तर किन आउनुभएन थाहा भएन। 

काँग्रेसभित्र देउवाले यसअघी यस्ता वैठकहरुमा पौडेल, सिटौला, केसी, निधी जस्ता नेताहरुका साथमा वालकृष्ण खाँण, रमेश लेखक लगायतका नेताहरुलाई पठाउने गर्दथे। तर मंगलवारको वैठकमा सभापति देउवाले खाँण र लेखकलाई मात्र पठाए। देउवा निकट एक नेताका अनुसार अन्य नेताहरु गुटगत काममा वढी व्यस्त भएकोले सभापतिले आफ्ना सहयोगी नेताहरुलाई वैठकमा पठाउनु भयो होला। 

देउवा निकट ति नेताले भने जस्तै झाँगिदो गुटगत राजनीतिले काँग्रेसका तर्फबाट वैठकमा जानेहरुको बारेमा निर्णय लिन पनि देउवालाई सोच्नु पर्ने भएको छ। यो ध्रुवीकरण केन्द्रीय समितिको वैठक हुँदै पार्टीको कुन तहको फोरमसम्म पुग्छ भन्नेमा भने अझै ठोस आकार लिइसकेको भने देखिदैन। जेसुकै भएपनि आसन्न महाधिवेशनसम्म यो ध्रुवीकरण पुग्ने पक्का छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ