arrow

पोखरालेखनाथका प्रमुखले जनाए महिला सुरक्षा गृह बनाउने प्रतिबद्धता

logo
सरिता तिम्सीना पगेनी,
प्रकाशित २०७४ माघ ३ बुधबार
man-bahadur.jpg

पोखरा । पोखरालेखनाथ महानगरपालिकाका प्रमुख मान बहादुर जीसी ले पोखरालेखनाथ महानगरपालिका भित्र महिला सुरक्षा गृह बनाउने  प्रतिबद्धता ब्यत्त गरेका छन । बुधबार महिला मानब अधिकार रक्षक सञ्जाल कास्की ले सुरक्षा गृह सम्बन्धमा बुझाएको ज्ञापन पत्र बुझ्दै उनले सो कुरा बताएका हुन ।

 उनले उपयुक्त ठाँउ खोजेर  स्टीमेट र डिजाइन लगाएतका काम शुरु गरिहाल्ने समेत बताए । बिद्यमान महिला अधिकारको  संरक्षणका लागि निर्माण भएका केहि कानुनमा सुरक्षागृहको ब्यबस्था भएता पनि कास्कीमा  अहिले सम्म सुरक्षा गृह बन्न सकेको छैन । लामो समय देखि कास्कीमा  महिला तथा बालबालिका कार्यलय र महिला अधिकारकर्मी,क्रियाशील पत्रकार महिला लगाएतका संस्थाले  सुरक्षा गृहको लागि आवाज उठाउदै आएका कारण  तत्कालिन क्षेत्रिय प्रशासक दिनेशकुमार थपलिया ले पोखरा नगर उपत्यका बिकास समीतीले जग्गा उपलब्ध गराउने निर्णय भएको जानकारी गराएको महिला मानब अधिकार रक्षक संजाल कास्कीका अध्यक्ष जानकी शर्माले बताइन ।

 उनले  सम्बन्धीत निकायले जग्गा उपलब्ध गराउने आश्वासन दिएता पनि देशमा भएको राजनैतिक परिबर्तन र स्थानिय सरकारको अभाबमा जग्गा प्राप्त गर्न सकिएको थिएन भन्दै उनले  अब स्थानिय सरकार बनिसकेको छ ,त्यसैले पोखरालेखनाथ महानगरपालिकाले  यस क्षेत्रका हिसाँमा परेका महिलाहरुलाइ सुरक्षा दिनको लागि तत्काल सुरक्षा गृह निर्माण कार्य शुरु गर्नु पर्नेमा जोड दिइन ।

 प्रदेश नं ४ को तथ्याङकलाइ हेर्दा   महिला हिसाका घटना सबैभन्दा बढि कास्कीमा घट्ने गरेको संजालका पुर्ब अध्यक्ष सरला कुमारी पाण्डेले बताइन। । नेपाल सरकारले हिसामा परेका महिलालाइ सुरक्षा दिनको लागि सुरक्षा गृह निर्माण गर्ने निति लिएता पनि कास्की जिल्लामा भने यस बिषयमा सरोकारवाला निकाय संबेदनशिल नबन्दा अहिले सम्म पनि सुरक्षा गृह बन्ननसकेको  अधिकारकर्मीहरुको गुनासो छ ।

ज्ञापन पत्रमा इन्सेक क्षेत्रिय कार्यलय   पोखराका संयोजक शिब खकुरेल,एड्भोकेसी फोरमका संयोजक सरला कुमारी पाण्डे,बाल तथा महिला शसत्तिकरण नेपालका अध्यक्ष रजनी कोइराला,क्रियाशिल पत्रकार महिला कास्कीका अध्यक्ष सरिता तिम्सीना पगेनी,पत्रकार श्याम कुवँर,कोपिला नेपालका निर्देशक बिना सिलुवाल,लगाएतका महिला  अधिकारको क्षेत्रमा क्रियाशील संघसंस्थाहरुले एक्यबद्धता जनाएका थिए ।
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ